आइतबार १५ माघ २०७९

ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ। ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध ।

त्यसैगरी बिहिबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ । यसै कारणले गर्दा बार अनुसार मिल्ने फल पनि फरक हुन्छ। ज्योतिष शास्त्रको भनाई मान्ने हो भने ऋण लिनको पनि हप्ताका सबै दिन शुभ हुँदैनन्। ऋण लिन र दिनको लागि कुन बार कति शुभ ? हेर्नुहोस् !

आइतबार : आइतबार हप्ताको पहिलो दिन हो। यस दिन सूर्यको प्रभाव अत्याधिक रहने मान्यता रहेको छ। यस दिन ऋण लिन मात्र नभई दिन पनि अशुभ हुने ज्योतिषशास्त्रको भनाई छ।सोमबार: सोमबारको दिन विशेषतः चन्द्रको अधिक प्रभाव रहन्छ। सोमबार भगवान शिवको आराधना पनि गरिन्छ। कर्जा बारे चर्चा गर्नुपर्दा सोमबार कर्जा लिन र दिन धेरै नै शुभ मानिन्छ।

मंगलबार: मंगलबार मंगल ग्रहको अत्याधिक प्रभाव हुने दिन हो। यस दिन भगवान गणेशको समेत आराधना गर्ने चलन छ। यस दिन ऋण लिने र दिने दुवै कार्य गर्न हुंदैन। यस दिन ऋण तिर्दा भने लाभ मिल्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।

बुधबार : बुधको अधिपत्य भएको दिन हो बुधबार। बुधबार सकेसम्म ऋण लिन हुँदैन। यस दिन ऋण दिन पनि खासै शुभ रहँदैन।बिहिबार : बिहिबार वृहस्पतिको बढी नै प्रभाव रहने दिन हो। यस दिन ऋण दिन नहुने ज्योतिष शास्त्रको दावी छ। तर यस दिन ऋण लिनको लागि भने धेरै शुभ हुन्छ।

शुक्रबार : शुक्र ग्रहको प्रभाव अत्याधिक रहने भएको हुँदा यस दिनलाई शुक्रबार भनिएको हो। कर्जा लिन मात्र नभई दिन पनि यस दिन धेरै शुभ हुने ज्योतिष शास्त्र बताउँछ।शनिबार : शनि ग्रहको प्रभाव रहने यस दिन ऋण लिन र दिन हुँदैन। यस दिन लिएको ऋण तिर्न धेरै गार्हो हुने ज्योतिषीहरु बताउँछन्। यस्तै शनिबार अरुलाई कर्जा दिँदा नउठ्ने सम्भावना रहन्छ।

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया