
श्री शाके १९४४ बि.स.२०७९ पौष ६ गते बुधबार इश्वी सन २०२२ डिसेम्वर २१ तारीख पौष कृष्ण पक्ष त्रयोदशी तिथी अनुराधा नक्षत्र धृती योग गर करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा सौम्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु प्रदोष व्रत ( ज्यो.प. तुलसी भारद्वाज )
मेष–
लामो समयदेखि रोकिएको काम बन्नेछन् । नसोचेको ठाँउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ ।
वृष–
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला ।
मिथुन–
काममा आ’लस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, कसैसँग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको क्ष’ती हुने दिन छ । आफ्नै कमजोरीले वि’वादमा परिने योग छ, सचेत रहनुहोला । मनमा पि’डाले पनि सता’उने छ ।
कर्कट–
श्रमको उचित मूल्यांकन हुनेछ । तर, काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमे’लाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला ।
सिंह–
पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।
कन्या–
आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ ।
तुला–
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सा’व’धान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्ष’ति हुने दिन छ ।
वृश्चिक–
पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अ’धु’रा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् ।
धनु–
आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मा’र्न सकिनेछ । साथै, धन लाभ पनि हुनेछ ।
मकर–
खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नु होला । कतै टाढाको यात्राको संभा’वना छ ।
कुम्भ–
अहिलेको समस्या तत्काल समा’धान नहुन सक्छ, केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्ष’तिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि स’ता’उन सक्छ । स्वास्थ्यगत कमजोरीले सता’उला । मनमा घरायसी पि’डाले डेरा जमाउन सक्छ ।
मीन–
टाढिएका आफन्तको यादले पि’रोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नुहोला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रु’ष्ट हुनेछन् । प्रतिस्पर्धामा केही क’मजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ ।