आइतबार १५ माघ २०७९

काठमाडौं, ५ पुष / नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापाले दलको नेतामा उम्मेदवारी दिएका सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ताको लागि आग्रह गरेका छन् । आज (मंगलबार) सिंहदरबारस्थित दलको कार्यालयमा दलको नेताको लागि उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् ।

उनले भने,‘सभापतिज्यूले अब शान्त मनले सोच्नुपर्छ र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन लिनुहोस । वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चि’न्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’

संसदीय दलमा अर्को नेताको प्रश्तावक बन्नु देउवाका लागि सम्मानजनक बहिर्गमन : महामन्त्री शर्मा
काठमाडौँ / नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रश्तावकको रुपमा आफूले हेर्न चाहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज (मंगलवार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताउनुभएको हो ।

उहाँले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताउनु भयो । उहाँले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको बताउनु भयो ।

महामन्त्री शर्माले प्रधानमन्त्री देउवा समक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रश्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताउनु भयो । उहाँले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रश्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताउनु भयो ।

महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पार्नुभयो । उहाँले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाउनु भयो ।

उहाँले संसदीय दलको नेताका लागि देउवाले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रश्तावित गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवा जसले धेरै कर्महरु देशको लागि गर्नुभएको छ । उहाँले गरेका राम्रा कर्महरु धेरै छोपिएका छन् । कमैयाको मुक्ति भएर एउटा घरबाट बेचिएर अर्को घरमा जाने चलन अन्त्य भयो, दलित, महिला आयोगहरु उहाँकै नेतृत्वमा शुरु भएको हो ।

उहाँले गरेको यी राम्रा कर्महरु बारम्बार प्रधानमन्त्री भइरहनेको नाममा छोपिएका छन् । यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ । उहाँको सम्मानजनक बहिर्गमन हुनेछ ।

यदी उहाँले जनजातीबाट प्रकाशमान सिंह, प्रतिष्पर्धी डा. शेखर कोईराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधी, बिपीको छोरालाई दिन्छु भनेर डा. शशांक कोईराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउनेछन् । प्रधानमन्त्री र राष्ट्रपतिको यो देशलाई जति खोजि छ, त्यो भन्दा धेरै खोजि देशलाई अभिभावकको छ । सबै प्रधानमन्त्री र राष्ट्रपति बन्न लाग्नुभयो, अभिभावक बन्न कोही लाग्नुभएन ।

पार्टीको महामन्त्री छु, मन्त्री हुने हक म राख्छु तर मलाई अहिले पार्टीको काममा ध्यान दिन जरुरी छ । हामीले त्याग गर्न सकेका छौँ भने ५ पटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ । आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रुपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रश्तावकको रुपमा हेर्न पाइनेछ ।

म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रश्तावक बन्न उभिनेछु ।’ महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मबिरुद्ध जान नहुने बताउनु भयो ।

शर्माले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताउनु भयो । उहाँले अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आएपनि नेपाली काँग्रेसले शंकाको रुपमा नहेरेको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) ले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले आफ्नै पार्टीको सभापति, माओवादीको अध्यक्ष, एकीकृत समाजवादीको अध्यक्षलाई पनि अपिल गर्नुछ की चुनावमा जाँदा एउटा गठबन्धन बनाउने, चुनाव सकिएपछि सत्ताको आकंक्षाको जगमा अर्को गठबन्धनको खोजि गर्ने कर्म हामी कसैले गर्नु हुँदैन । विभिन्न आलोचनालाई चिरेर गठबन्धनले एउटा परिणाम ल्याएको छ, त्यसैले सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्छ ।

अध्यक्ष प्रचण्डलाई भन्दै गर्दा अहिले चर्चामा आएजस्तो अलग्गै रुपमा उभिनु हुन्छ कि भन्ने चर्चालाई हामी कुनै शंकाको रुपमा लिँदैनौँ । प्रतिगमनको क्षणलाई बिर्सिनु हुँदैन । पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनु हुन्न हामीलाई थाहा छ । आलोपालोको विकल्प छैन ।’

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो । उहाँले श्रमीकको बीमा अभियानका नाममा राष्ट्रव्यापी बीमा अभियान चलाउन जरुरी रहेको बताउनु भयो ।

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया