शनिबार २३ मंसिर २०८०

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि सभापति शेरबहादुर देउवाको साथ छोडेका छन्। देउवालाई छोडेर उनी गगन थापाको क्याम्पमा पुगेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा पौडेलले थापालाई साथ दिने पक्का भएको छ।

पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुगेका हुन् । पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गरेका छन् । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् ।

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

दुवै नेताले मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराउनुभएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधवार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ ।

सोमवारदेखि शुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको छ । देउवाको प्रश्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ भने समर्थकमा पूर्णबहादुर खड्का हुनुहुन्छ ।

महामन्त्री थापाको प्रश्तावकमा भने डा. शेखर कोईराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ । संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया