मंगलबार १६ आश्विन २०८०

एजेन्सी / आधुनिक संसारभन्दा धेरै टाढाको जंगलमा ४१ वर्षसम्मको जीवन बिताएका रियल लाइफ टार्जन हो भान लांगको हालैमात्र नि’ध’न भएको छ ।

उनलाई ८ वर्ष पहिले मात्रै जं’ग’लबाट सामान्य मानिस’हरुको संसारमा ल्याइएको थियो । उनको ५२ वर्षको उमेरमा गएको सेप्टेम्बर ६ का दिन कलेजोको क्या’न्स’रका कारण नि’धन भएको थियो ।

भियतनामका हो भान लांगलाई उनका पिताले ३ वर्षको उमेरमा जंगलमा लिएर गएका थिए र उनले त्यहाँको जंगलमा आफ्ना पिताको साथमा ४१ वर्षसम्मको जीवन बिताएका थिए ।

उनलाई उनका पिताले जंगलमै हुर्काए र उनलाई संसारमा महिलाहरु छन्, महिलाहरुसँग शा’री’रिक स’म्ब’न्धपछि बच्चा जन्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन । हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंगल’भित्र बसेर नै बिताए ।

भियतनामको यु’द्धका बेला भा’गे’र जंगल पसेका उनी’हरुले कुआंग गाइ प्रान्तको ते त्रा जिल्लामा पर्ने घना जंगलमा यति लामो समय बिताए ।

उनीहरुले जंगलमा रुखका घर बनाए, रुखका बोक्रा र पातको कपडा बनाएर लगाए र मुसा मा’रे’र खाए । ४ दशक’सम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्पर्क भएन ।

थान्ह त्यतिबेला सेनामा थिए । १९७२ मा अमेरिकी सेनाको बमले उनकी श्रीमती र दुई सन्तानलाई मारिदिएपछि उनले २ वर्षका छोरा लांगलाई लिएर जंगल’भित्र भा’ग्ने निर्णय गरेका थिए ।

त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग नभेटेरै बसेका उनीहरुलाई स्थानीयले २०१३ मा फेला पारेका थिए । त्यसपछि उनीहरु विस्तारै समाजमा घुलमिल हुन थालेका थिए । उनीहरु पछिल्लो समय जंगलनजिकै एउटा घरमा बस्ने गरेका थिए ।

२०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दुर्गम क्षेत्रमा विदाको प्याकेज उपलब्ध गराउने कम्पनी दोकास्तावेका प्रबन्ध निर्देशक अल्भारो सेरेजोले लांगसँग भेटेका थिए । उनले लांगसँग जंगलमा जी’वित रहने तरिकाहरुबारे जान्न चाहेका थिए ।

तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन साथमै बिताए । अल्भारोका अनुसार लांगले महिला र पुरुष छुट्याउन निकै सं’घर्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महिला र पुरुषबीचको आधारभूत फरक थाहा थिएन ।

‘म यो पुष्टि गर्न सक्छु कि लांगलाई कहिल्यै पनि न्यूनतम यौ’न इच्छा समेत भएन र उनको प्रजनन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन सेरेजोले भनेका थिए ।

लांग र थान्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मासुहरु थिए ।

सेजारोले भने ‘लांगले जनावरको कुनै पनि भाग खेर फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जैतुनजस्तै गरी चमेरा खाएको देखेको थिएँ । उनले मुसाको टा’उको र आन्द्राभुँडी पनि खान्थे ।’

उनीहरुले जंगलमा सधैं आगो बालिराख्थे र जंगलमा भेटिएका सामग्रीहरु’बाट विभिन्न भाँडा-कुँडा बनाएका थिए । लांगको जीवन सहजै चलिरहेको थियो तर अ’चा’नक उनका पिताको स्वास्थ्य बि’ग्रियो ।

‘उनका पिताको ख’राब मा’न’सि’क अवस्थाका कारण लांग पछिल्ला केही वर्ष पूरै तना’व र एङजाइटीमा बाँचेका थिए । कहिलेकाहीँ उनी रातभरी जागा बस्थे सेजारोले भने ।

जब उनीहरु’लाई अरु मानिसले फे’ला पारे त्यसपछि लांगलाई कारमा गाउँ लगिएको थियो जहाँ उनी आधुनिक विकास देखेर दंग परेका थिए ।

रातमा बल्बबाट प्रकाश आइ’रहेको देख्दा उनी छक्क पर्थे । लांगका अनुसार रातको समयमा पनि प्रकाशको मजा लिन पाउनु उनका लागि सबैभन्दा अद्भूत लागेको थियो । त्यसपछि उनले जीवनमै पहिलोपटक टेलिभिजन देखे ।

यो यस्तो चीज थियो जस’बारे उनका पिताले उनी युवा हुँदा भनेका थिए । त्यसैले उनलाई त्यहाँ देखिने मानिसहरु बाकसभित्र छैनन भन्ने चाहिँ थाहा थियो । लांग पछिल्लो ८ वर्ष आधुनिक गाउँमा बसेका थिए तर यो ८ वर्षको अवधिमा पनि उनले सामा’जिक नियमलाई भने बे’वा’स्ता गरेरै बिताए ।

९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया