शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / ‘घुम्न जाउँ तलतिर १० लाख लिएर’, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत वि’वादमा परेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीतलाई हटाउनुपर्नेभन्दै आ’लोचना भएपछि गायिकाले मा’फी मागेकी हुन् ।

गीतका शब्द र टुक्का एक गायिकाको घटनामा मिलाइएको छ। अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पी’डितले लगाएको आ’रोपका घटनासँग मिलेका छन् । त्यसप्रति आ’लोचना भएपछि फेसबुकमार्फत गायिका कमलाले बहिनी र छोरी सम्झिएर आफूलाई मा’फी दिन आग्रह गरेकी छन्।

उनले कुनै प्लान गरेर डलरकै लागि भनेर, कसैलाई ब’र्बादै पार्ने गरी नगाइएको प्रस्टीकरण समेत दिएकी छिन्। कमलाले फेसबुकमा लेखेकी छिन् ‘‘जसरी अहिले दिदी ,,,लाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रती हृदयबाटै मा’फी माग्छु।

आफ्नै सानी बहिनी सम्झिएर मा’फ गरिदिनुहोला। आइन्दा यस्तो ग’ल्ती हुनेछैन।र अर्को कुरा जसरी अग्रज कलाकारहरूले यो गीतलाई लिएर पक्ष विपक्ष गर्दै बोल्नुभएको छ। मबाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थे होला। हजुरको उपदेश शिरोभार गर्थे होला। तर मन क्ष’त’विक्षत हुने गरी लेखियो। बोलियो । यस्ले एकदमै दुखी बनायो। खैर केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु।’’

यस्तो छ उनको स्टाटस – सबैलाई नमस्ते म हजुरको छोरी र बहिनी कमला घिमिरे। सर्वप्रथम त सबैलाई यो जानकारी गराउँछु कि छहारी युट्युब च्यानलमा अपलोड भएको दोहोरी जसलाई अहिले विभिन्न टि’काटिप्पणी गरिएको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ ब’र्बादै पार्नेगरी गाइएको गीत होइन।

तर पनि त्यो गीतलाई जसरी अहिले बुझिएको छ र जुन तरिकाले हल्ला गरिएको छ, यो देख्दा चाहिँ म आफैं पनि छक्क छु अझ बढी दु:’खी छु। राम्रै गरि हेरेरै हिँड्दा पनि त कहिलेकाहीँ ठे’स लाग्ने गर्छ। हो त्यस्तै भयो दाइ सुमन परियारसँग मैले गीत गाउँदा गाउन बसियो गाउँदै जाँदा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउँदा जान–अन्जानमा केही त्यस्ता शब्द आए जुन कसैलाई लक्षित गरेझैं भयो।

बुझाई सकारात्मक भन्दा नकारात्मक भयो। जसरी अहिले दिदी समीक्षा अधिकारीलाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रति हृदयबाटै मा’फी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला।

आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाई लिएर पक्ष–विपक्ष गर्दै बोल्नुभएको छ। म बाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थेँ होला। हजुरको उपदेश शिरोधार्य गर्थें होला। तर, मन क्ष’तविक्षत हुनेगरी लेखियो बोलियो। यसले एकदम दु:खी बनायो।

खैर, केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु। हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहान्नँ। सँधै हजुरहरुकै प्रिय बन्न पाउँ, गीत संगीतमै रम्न पाउँ। कहीँकतै बिराएछु भने सल्लाह सुझाव दिँदै गर्नु है। र, अन्त्यमा फेरि पनि माफी माग्दछु । हजुरकै कमला ।

तर उनले विभिन्न अन्तरवार्ताहरुमा आफ्नो उक्त गीत युट्युबबाट नहटाउने बताएकी छिन् । उनी भन्छिन् “मैंले दोहोरी गाउँदै जाँदा प्रसंगवस त्यो शब्द आएको हो त्यो पनि कसैको नाम तोकेर भनेकी छैन । मैंले उक्त गीतलाई किन हटाउने ?” सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका लाखौँ दर्शकहरुले पनि उक्त गीतमा कमलाको गल्ती नभएको बताउँदै आएका छन् ।

१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया