शुक्रबार १२ आश्विन २०८०

एजेन्सी / यो शताब्दीको महान फुटबलर को हुन् ? यस बहसलाई लियोनल मेस्सीले ब्रेक लगाएका छन् । अर्जेन्टिनालाई विश्वकप जिताएर उनले GOAT र क्रिस्टियानो रोनाल्डोसँगको तुलनालाई लिएर दैनिक बहसको अ’न्त्य गरेका छन् ।

२ पटकको च्याम्पियन फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी जितेको छ । अर्जेन्टिनाको यो तेस्रो फिफा विश्वकप ट्रफी हो । उसले यसअघि सन् १९८६ मा यो उपाधि हात पारेका थियो । त्यसबेला अर्जेन्टिनाका नायक डिएगो म्याराडोना थिए । यस पटक लियोनल मेस्सी अर्जेन्टिनाका सुपरहिरो साबित भएका छन् ।

फिफा विश्वकप २०२२ को फाइनल डिसेम्बर १८ आइतबार कतारमा खेलिएको थियो । जसमा दुई पटकको च्याम्पियन फ्रान्सले अर्जेन्टिनाको सामना गरेको थियो । फ्रान्सले २०१८ मा पनि उपाधि जितेको थियो । यसरी उसले लगातार दुई पटक उपाधि जित्ने मौका पाएको थियो ।

तर, लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सको यो सपना तोड्यो । यो जितसँगै अर्जेन्टिनाको विश्वकप ट्रफी जित्ने लामो प्रतीक्षाको अन्त्य भएको छ । यससँगै यो शताब्दीको महान् फुटबलर को हुन् भन्ने बहस पनि स’मा’प्त भयो ।

जे होस्, अर्जेन्टिनाका क’ट्टर प्र’तिद्वन्द्वी इङ्ल्यान्डका ग्यारी लिनेकर लगायत धेरै दिग्गजहरूले लियोनेल मेस्सीको टोली फाइनलमा पुगेकै दिन GOAT सम्बन्धी ब’हस स’माप्त हुने स्वीकार गरेका थिए । विश्वको उत्कृष्ट फुटबलर को हो ? यस बहसको अ’न्त्य गर्दै ग्यारी लिनेकरले ट्वीट गर्दै भनेका छन्- ‘के अझै कुनै बहस बाँकी छ ? अझै कसैले GOAT बारे सोध्नु पर्छ ।’

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सन् २००० को सुरुदेखि नै फुटबल जगतमा प्रभुत्व जमाउँदै आएका छन् । यी दुईबीच मैदानमा मात्रै होइन बाहिर पनि प्रतिस्पर्धा छ । मेस्सी र रोनाल्डोका फ्यानहरूले आफ्ना मनपर्ने खेलाडीलाई ग्रेट अफ अल टाइम अर्थात् GOAT भनेका छन् ।

पैसा र प्रसिद्धिको हिसाबले दुवै वरपर छन् । तर विश्वकप जितेसँगै मेस्सीले उपलब्धिको मामिलामा रोनाल्डोलाई निकै पछाडि छोडेका छन् । लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाको टोली दुई पटक फिफा विश्वकपको फाइनलमा पुग्न सफल भयो । यस पटक उपाधि जित्यो भने एक पटक उपविजेता बनेर सन्तुष्ट हुनु परेको थियो ।

रोनाल्डोले आफ्नो राष्ट्रिय टोली पोर्चुगललाई एक पटक पनि विश्वकपको फाइनलमा पुर्‍याउन सकेनन् । तर, उनले आफ्नो टोलीलाई युरो च्याम्पियन बनाएका छन् । अवार्डको कुरा गर्ने हो भने लियोनल मेस्सीले फिफा विश्वकपमा गोल्डेन बुटको उपाधि मात्र जितेका छैनन् ।

७ वटा बालोन डी’ओर अवार्ड पनि मेस्सीको नाममा छ, जुन विश्व कीर्तिमान हो । रोनाल्डोले ५ बालोन डी’ओर अवार्ड जितिसकेका छन् । त्यस्तै मेस्सीले ६ वटा युरोपियन गोल्डेन शु अवार्ड जितेका छन् भने रोनाल्डोले मात्र ४ पटक यो अवार्ड जित्न सकेका छन् ।

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया