
काठमाडौं / यी विरामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । एक जना नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् । उनलाई अस्पतालमा चिकित्सक र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।
परेवा सधैं तिनै विरामीको वरीपरी नै बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले विरामीलाई नछोड्नुको कारण । उनले त्यो कुरा पनि सार्व’जनिक गरेकी छन् ।
ती बिरामी अस्पतालको छेउतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।
यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्व’जनिक गर्दै लेखेका छन्, जुन नर्सले यो तस्विर खिचिन् उनको भनाइअनुसार यी बृद्ध व्यक्त्ति उपचारको लागि अस्पतालमा भर्ना भएको ३ दिन भयो ।
आजसम्म पनि उनका परिवारका मान्छे, नालनाता तथा साथीभाइ कोही पनि उनको बारेमा सोधखोज गर्न आएका छैनन् ।तर २ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ ।
सोधीखोजी गर्दै जाँदा पछि यो कुरा पनि पत्ता लाग्यो कि त्यो अस्पतालको छेउतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । विगतका दिनमा गरेको त्यही माया र सहायतालाई भुल्न नसकेर त्यो परेवा त्यसरी हरेक दिन उनको रेखदेखका लागि त्यहाँ आउने गरेको रहेछ । (बेजुबान फरिश्ता)