शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / नेपाल राष्ट्र बैङ्कका अनुसार साेमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३० पैसा र बिक्रीमा १३२ रुपैयाँ ९० पैसा बिनिमय दर तोकिएको छ ।

युरोपियन युरो ३७ पैसाले ओरालो लागेर यसको एकको खरिदमा १४० रुपैयाँ ३ पैसा र बिक्रीमा १४० रुपैयाँ ३३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १० पैसा र बिक्रीमा १० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिदमा १७ रुपैयाँ र बिक्रीमा १७ रुपैयाँ ७ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९३ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५२ पैसा रहेको छ ।

यो पनि :- यस्ताे छ आजको तरकारीे तथा फलफूलको मूल्य : काठमाडौं / आज सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरण अनुसार आज का’लो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ । त्यस्तै, अम्बा १५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ४९ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ९८ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३१० रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ ४०, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ ताेकिएकाे छ । चम्सुरको साग ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया