
काठमाडौं / करिब २ महिनादेखि क्रिकेटर सन्दीप लामिछानेले का’रागारमा कै’द जीवन भो’गिरहेका छन् । उनी केन्द्रीय का’रागार सुन्धाराको चौघेराभित्र कै’द छन् । खुला क्रिकेट मैदानमा बलिङ गरेर चम्किएका लामिछानेमाथि एक ना’बा’लिकालाई ब,ला’त्कार गरेको आ,रो’प लागेपछि जिल्ला अदा’लत काठमाडौंले १८ कात्तिकमा पु’र्प’क्षका लागि जे’ल चलान गर्ने आ’देश दिएको थियो ।
तर, जे’ल जीवन भो’गिरहेका लामिछानेको हातबाट क्रिकेट बल भने खो’सिएको छैन । उनी पछिल्लो समय का’रागारभित्रका कै,दी’बन्दीसँग नियमित क्रिकेट खेलिरहेका छन् । केही कै’दीहरूलाई क्रिकेटबारे प्रशिक्षणसमेत दिइरहेका छन् । सुन्धारा का’रा’गारका प्रमुख जेलर ईश्वरप्रसाद पाण्डेका अनुसार लामिछाने नियमित कै’दीबन्दीसँग क्रिकेटकै अभ्यासमा व्यस्त हुन्छन् ।
‘हामीसँग बाहिरको जस्तो ठूलो क्रिकेट ग्राउन्ड त छैन । तर, सामान्य खेल खेल्न पुग्ने मैदान छ । त्यही मैदानमा सन्दीपसहित अरु कै’दी पनि क्रिकेट खेल्छन्,’ जेलर पाण्डेले भने । लामिछानेसहित केही कै’दीहरूले कुनै विशेष दिन परेका बेला छुट्टाछुट्टै टिम बनाएर खसी बाजी राखेर खेल्नेदेखि अन्य प्रकारका शैलीमा पनि क्रिकेट खेल्ने गरेको पाण्डेको भनाइ छ । कतिपय खेल्न नजानेकालाई सन्दीपले सिकाएर पनि खेलाउने गरेको पाण्डेले बताए ।
सन्दीपको पक्षबाट बहस गर्ने अधिवक्ता मुरारी सापकोटा पनि सन्दीपको कै’द जीवन सामान्य नै रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलाको तुलनामा अहिले सन्दीपमा केही मनोबल बढेको जस्तो देखिन्छ । नि’राश भएर हिम्मत हा’रेर हुँदैन भन्ने भाव देखिन्छ । अरु कै’दीजस्तै क्रिकेट खेलिरहन्छन् । आफ्नो करियरबारे भने केही चि’न्तित देखिन्छन् ।’
सन्दीपमाथि नुवाकोटकी १७ वर्षीया ना’बा’लिकालाई ५ भदौमा भक्तपुरको नगरकोट घु’माएर गौशाला पिङ्गलास्थानस्थित हो’टल काठमाडौं इ’नमा राखेर ब’ला’त्कार गरेको उ’जु’री प्रहरीमा परेको थियो । सोही अभि’योगमा प’क्रा’उ परेका उनलाई जिल्ला न्या’याधीश माधवप्रसाद घिमिरेको इज’लासले पुर्प’क्षका लागि थु’नामा पठाउने आ’देश दिएको थियो ।