आइतबार १५ माघ २०७९

काठमाडौं / संविधान जारी भएपश्चात् पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि भर्खरै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । शान्तिपूर्ण निर्वाचनपश्चात् आएका मतपरिणामले नयाँ राजनीतिक सन्देश प्रवाह गरेका छन् । नयाँ राजनीतिक दल, नयाँ सांसदहरूको आगमनले आम जनतामा उत्साह पनि थपिदिएको छ ।

यद्यपि, अब कस्तो र कसको नेतृत्वमा सरकार बन्ने भन्ने आम चर्चा चुलिंदो छ । युवा मतदाता बाहुल्य रहेका कारण अब सरकारको नेतृत्व पनि युवा पुस्ताले नै गरून् भन्ने आम मतदाताको चाहना छ । पटक-पटक प्रमाणित भइसकेका नेताहरूबाट अब देशको समुन्नति र सुशासनको अपेक्षा गर्न सकिंदैन भन्ने बहस च’र्किदै गएको छ ।

यो केवल प्रधानमन्त्रीको कुर्सीमा को पुग्ने भन्ने ब’हस मात्र होइन । युवा पुस्ता अब परिवर्तन, सुशासन र समुन्नतिका लागि कुशल नेतृत्वको खोजीमा छन् । तर, पार्टीहरूभित्रको शक्ति सन्तुलन हेर्दा युवाले देश हाँक्ने अवसर लिन ठूलै विऽोह सिर्जना गर्नुपर्ने देखिन्छ । नेपालको सन्दर्भलाई हेर्दा बहुदलीय व्यवस्थापछि तीन दशकदेखिका पाका पुस्ताका नेताहरूको हालीमुहाली अझै पनि चलिरहेको छ ।

निर्वाचन एउटा पुस्ता पुस्तान्तरणको अवसर पनि हो । ताजा मत परिणामलाई हेर्दा मतदाताले परिवर्तन चाहेको स्पष्ट संकेत गरेका छन् । त्यो परिवर्तनका लागि विभिन्न राजनीतिक दलबाट विजयी युवा सांसद देशको शासकीय नेतृत्वमा आउन् भन्ने सन्देश छ ।

मुलुकको नेतृत्वका लागि सम्भावित दल एमाले र माओवादीबाट युवा प्रधानमन्त्रीको आकांक्षी अहिले देखिंदैनन् । कांग्रेसमा भने युवा पुस्ताको नेतृत्व गर्दै प्रधानमन्त्रीको दौडमा देखिएका एक मात्र नेता हुन्, महामन्त्री गगन थापा ।

औपचारिक रूपमा अन्तिम मतपरिणामहरू सार्वजनिक भएपछि नेपाली कांग्रेसमा अब संसदीय दलको नेता र गठबन्धनबाट प्रधानमन्त्री को हुने भन्ने चर्चा चुलिंदो छ । अहिलेसम्म खासगरी नेपाली कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला आकांक्षी छन् । पुरानो पुस्ताका नेतालाई महामन्त्री गगन थापाले नेतृत्व हस्तान्तरणका लागि तीव्र द’बावमा राखेका छन् ।

गगन नेपाली कांग्रेसको महामन्त्रीमा भारी मतले निर्वाचित भए । यद्यपि यसअघि पनि उनी राजनीतिको केन्द्रमै थिए । उनले आमनिर्वाचन अगाडि नै संसदीय दलको चुनावमा भाग लिएर कांग्रेसबाट निर्वाचित सांसदका मतबाट संसदीय दलको नेता र गठबन्धनबाट भावी प्रधानमन्त्रीका बारेमा प्रोजेक्सन गरेका थिए ।

सोही अनुरूप चुनावमा विजयी पनि भए । आम जनचासो अबको संसदीय दलको नेता र प्रधानमन्त्रीका बारेमा छ । कांग्रेसबाट निर्वाचित सांसदको गणितीय संख्यामा मात्र होइन कि समयानुकूल नेतृत्व पुस्तान्तरण, निर्वाचनको सांकेतिक सन्देश, युवा बाहुल्यको आकांक्षा, राजनीतिक र शासकीय कौशलताबाट अब देशमा आमजनताको अवस्थालाई रूपान्तरणका लागि पनि गगन पुस्ताको ह’स्त’क्षेपकारी कदम निकै अपेक्षाकृत छ ।

नेपालमा सात वटा संसदीय निर्वाचन भए । त्यी चुनावबाट १३ जना प्रधानमन्त्री बने । कति नेता त पटक-पटक प्रधानमन्त्री भए । तर पूरा कार्यकाल कुनै पनि प्रधानमन्त्रीले काम गर्न पाएनन् । अबको प्रधानमन्त्री को होला ? पूरा कार्यकाल सरकार चल्न सक्ला वा नसक्ला ? नेताहरूको प्राथमिकता विकास र सुशासन होला कि नहोला ? कांग्रेस संसदीय दलभित्र पार्टीको भविष्य र जनताको परिवर्तनको चाहनालाई कति सम्बोधन गर्न सक्छ ? भन्ने प्रश्नहरू निकै गहन रूपमा उब्जिएका छन् ।

नेपाली कांग्रेसको विधानले संसदीय दलको नेतालाई नै प्रधानमन्त्रीको उम्मेदवार मान्यता दिने हुँदा यसपटक सहजै संसदीय दलको नेता चयन नहुने संकेत देखिन्छ । संसदीय दलमा देखिएका आकांक्षी उम्मेदवारमध्येमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रतिस्पर्धा हुने स्पष्ट संकेत छ ।

नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनावमा भर्खरै निर्वाचित भएर आएका सांसदहरूले आम मतदाताको आवाज पुस्तान्तरणसहितको रूपान्तरणलाई आत्मसात् गर्न सकून् भन्ने धेरैको अपेक्षा छ । सांसद आफैंले पनि यस विषयलाई विवेक गर्नुपर्ने यो महत्वपूर्ण समय हो । त्यसका लागि आफ्नो मतमार्फत निर्वाचित गरेका सांसदहरूलाई खबरदारी गर्नुपर्ने समय पनि आइसकेको छ । यही कारण, देशलाई गगन नै प्रधानमन्त्री किन चाहियो ? भन्ने आम प्रश्नलाई यहाँ केही बुँदाहरूमा राख्न चाहन्छु ।

संसदमा गहकिलो आवाज :
संसदका मु’द्दाहरूमा गगनको गहकिलो प्रस्तुति, विषयविज्ञता र स्पष्टताका बारेमा अन्य पार्टीका नेताहरूले पनि नकार्दैनन् । विधायिकाका रूपमा उनले निर्वाह गरेको भूमिका र कार्यसम्पादनहरूले कैयौं कानुनका प्रारूपहरूमा परिष्कृत भई समयानुकूल आवाजको सम्बोधन गरेका सन्दर्भहरू ताजै छन् ।

सत्ता पक्षमा होस् अथवा प्रतिपक्षमा होस् जुनसुकै अवस्थामा पनि संसदमा निर्धक्क सरकारको खबरदारी र सहयोग गरेका हरेक कदम नेपाली समाजले सम्भिmरहेका छन् । यस्तै जु’झारु र सक्रिय सांसदले अब सरकारको पनि नेतृत्व गरोस् भन्ने आमजनताको अभिलाषा चुलिंदो छ । नेपालको का’नु’न निर्माण र कार्यान्वयनको यस चरणका साथै प्रभावकारी सरकार गठन गरी शासकीय कौशलता आम जनताको अपेक्षा छ । जुन कुरा पछिल्लो निर्वाचनबाट मतदाताको मतले व्यक्त गरेका छन् ।

संसदमा हुँदा गगनले का’नु’नको परिमार्जनका सन्दर्भमा सधैं स्पष्ट विचार राखेका प्रशस्त उदाहरण हामीमाझ छन् । एमसीसी अनुमोदन, एसपीपीमा आशंका, विधेयकहरू माथिको छलफल र कानुन परिमार्जनको पहल, संसदीय समितिहरूमा रहेर गरेका उदाहरणीय कार्यहरू नतिजा-उन्मुख नै छन् ।

सायदै विगतका राजनीतिक दलका नेता र वर्तमानका अन्य कसैले पनि यो तहको तयारी र योजनाका सन्दर्भमा प्रयत्न गरेका छैनन् भन्न सकिन्छ । कसैले टीका लगाइदिएर मन्त्री भएर सिंहदरबार छिर्नुभन्दा पनि एजेण्डा र भिजनसहित सिंहदरबार छिर्ने तयारीमा लाग्नु पक्कै पनि परिवर्तनको संकेत होउनले गुणस्तरीय शिक्षा र स्वास्थ्यका बारेमा तथ्यसहित कानुन निर्माणमा जोड दिए । कृषि र किसानका बारेमा बोले । भ्रष्टाचारीका बारेमा खबरदारी गरे । सूचना र सञ्चार, मानवअधिकार र स्वतन्त्रतामा उभिए । मौलिक हक र मानवअधिकारको कार्यान्वयनमा जोड दिए ।

का’नु’न निर्माण र सार्वजनिक महत्वका विषयमा सायदै सबैभन्दा क्रियाशील र नियमितता उनमा देखियो । विगतका का’नु’नको स्पष्ट अध्ययन, समयानुकूल परिवेशको आत्मसात् र भविष्यको परिकल्पनालाई सम्बोधन गर्न उनको कदम सराहनीय नै थियो र आगामी दिनमा पनि यस्तै सक्रिय रूपमा गर्न सक्छन् भन्ने कुरा उनको अहिलेको आत्मबलले प्रस्तुत गरिसकेका छन् ।

सरकारमा शासकीय कौशलता :
राजनीतिक स्थिरतासहित अब प्रभावकारी र सशक्त सरकारको परिकल्पना वर्तमान संविधानको अपेक्षा हो । त्यसै अनुरूप आमजनताले पनि स्थायी सरकारको चाहना गरेका छन् । विगतका नेतृत्वले गरेका कमि-कमजोरीहरू अब भविष्यमा यस्ता अवाञ्छनीय कमजोरीहरू नहुन् भन्नेतर्फ आम जनताले अपेक्षा गरेका छन् ।

अब व्यवस्थाको समयानुकूल सदुपयोग, संविधानको कार्यान्वयन, समयानुकूल कानुन र नीतिनिर्माण, आर्थिक समुन्नतिका लागि शासकीय कौशलता भएको भिजिनरी पुस्ताको अपरिहार्यता छ । जुन कुराका बारेमा पार्टीको पोजिसन र व्यक्तिगत निपुणता गगनमा स्पष्ट रूपमा झल्किसकेको छ ।

सडक आ’न्दोलन गर्दा होस् कि संसदबाट प्रश्न उठाउँदा- गगनले सरकारमा पनि उस्तै प्रभावकारी कार्यसम्पादन गरेरै देखाए । २०७३ मा स्वास्थ्यमन्त्री नियुक्त भएपछिको नौ महिना स्वास्थ्य क्षेत्रको सुधारका थुप्रै कदम चाले । उनले संघीय नेपालको स्वास्थ्य संरचनाको खाका नै तयार पारेका थिए ।

सरकारमा छोटो समय भए पनि स्वास्थ्य मन्त्रीका रूपमा उनले कार्यसम्पादन गरेका धेरै विषयले त्यस क्षेत्रमा प्रभावकारी रूपान्तरणको जग बसालेको देखिन्छ । सरोकारवालाहरूले यस कदमलाई खुलेरै प्रशंसा पनि गरिरहेका छन् । उनको कार्यकालमा जनतामाझ उपलब्धिमूलक आधार सिर्जना गर्न सफल भएको पनि देखिन्छ ।

पछिल्लो समय शासकीय कौशलताको अभिवृद्धिका लागि विभिन्न क्षेत्रका विज्ञहरूसँग शासकीय सुधार र नेतृत्वदायी कौशलताका बारेमा चरणबद्ध रूपमा छलफल गरेर अबका सरकारलाई अझै अपेक्षाकृत फलदायी र उपलब्धिमूलक बनाउनका लागि स्पष्ट कार्ययोजनाहरूका बारेमा पनि मिहिन तयारी गरिरहेका छन् ।

प्रोजेक्ट गभर्मेन्टमार्फत डेलिभरीमा जोड, कार्यतालिकासहितको कार्ययोजना र उपलब्धिका बारेका नेतृत्वदायी भूमिकामा गगन दरिलोसँग उभिएका छन् । यसमार्फत नेपालको विकासका लागि ३१ क्षेत्रमा देखिएका समस्या पहिचान गरी विज्ञहरूसँग संवाद सुरु गरेका छन् । जुन नेपालका लागि अत्यन्तै अनिवार्य जस्तै थियो ।

अध्ययनका लागि छनोट गरिएका ३१ क्षेत्रमा कृषि, उड्डयन, शिक्षा, वातावरण, वनजंगल, स्वास्थ्य, जलविद्युत्, सञ्चार, लघु अर्थ नीति, प्रहरी, खरिद प्रणाली, सडक, कर, जलस्रोत, सामुदायिक विकास, विपद् व्यवस्थापन, परराष्ट्र नीति, उद्योग र लगानी, व्यापार, नागरिक सेवा छन् । साथै शिक्षा, यातायात, शहरी विकास, वित्तीय संस्था, पर्यटन, संघीयता, रक्षा, बाहृय र आन्तरिक श्रमिक, भूमि व्यवस्थापन, कानुन प्रशासन, खेलकुद छन् ।

सांसद, संसदीय समितिको सभापति र मन्त्री बनिसकेका थापाले राज्य प्रणालीको अवस्था र अबको मार्गका बारेमा स्पष्टसँग अगाडि बढ्न गरेका प्रयत्नले नै आम युवालाई उत्प्रेरित गरिरहेको छ । नेपालको अहिलेको अवस्थासहित नीतिगत स्पष्टता, का’नु’नी पहिचान, कार्यतालिकासहितको कार्ययोजना र विषयविज्ञका सुझावले पक्कै पनि शासकीय सुधार र उपलब्धि हुनसक्ने संकेत देखाउँछ ।

फ्रान्सिस फुकुयामाका अनुसार समाज र राज्यलाई उपयुक्त दिशामा परिचालन गरी लक्षित उद्देश्य प्राप्तितर्फ अभिमुख हुने कार्य नै शासन हो । शासन जनताको भलाइका दिशामा अभिमुख हुने पद्धति भएकाले शासन सदैव राज्यकेन्दि्रत भन्दा पनि समाजकेन्द्रित हुनुपर्दछ । समाजको ध्येय पछिल्लो निर्वाचनले दिएको सांकेतिक सन्देशमा प्रवाहित छ ।

त्यो संकेत भनेको स्पष्ट रूपमा शासकीय कौशलता, समयानुकूल नवीनता र रूपान्तरणसहितको पुस्तान्तरण हो । लोकतन्त्रमा आधारित शासन व्यवस्थाले जनताबाट निर्वाचित प्रतिनिधिले जनताका माग, आवश्यकता र मनोभावनालाई सम्बोधन गरुन् भन्ने नै हो । जुन कुरा मतमार्फत मुखरित भइसकेको छ ।

नेतृत्वदायी भूमिका, दिगो विकास, शासकीय कौशलता र जनअपेक्षाको सम्बोधनका निमित्त गगनको तयारी आशालाग्दो छ । सायदै विगतका राजनीतिक दलका नेता र वर्तमानका अन्य कसैले पनि यो तहको तयारी र योजनाका सन्दर्भमा प्रयत्न गरेका छैनन् भन्न सकिन्छ । कसैले टीका लगाइदिएर मन्त्री भएर सिंहदरबार छिर्नुभन्दा पनि एजेण्डा र भिजनसहित सिंहदरबार छिर्ने तयारीमा लाग्नु पक्कै पनि परिवर्तनको संकेत हो ।

पार्टीमा नवीनताको पहलकदमी :
महाधिवेशनपछि पार्टीलाई महामन्त्रीद्वयले नयाँ ढंगबाट अगाडि बढाउन खोजेका कोसिसहरू देखिएका छन् । नेपाली कांग्रेसको इतिहासमा बीपी कोइरालापछि मात्र पूर्ण गृहकार्यसहित पार्टीका बैठकका एजेण्डाहरूमा प्रस्तुत हुँदा अध्ययन, अनुसन्धान र विगतको अनुभवलाई नियालेर प्रस्तुत हुने गगन र विश्व नै हुन् ।

महामन्त्री निर्वाचित भएपछिको स्थानीय तहको निर्वाचनका मत परिणाम र उनको भिजनरी परिकल्पना साँच्चिकै नमूनायोग्य छन् । पार्टीमा सक्रिय सदस्य वितरणको सोचदेखि सक्षमलाई अवसर दिने योजनाहरूले अब कांग्रेसमा योगदान मात्र होइन कि योग्यता पनि चाहिएको छ भन्ने सन्देश दिएका छन् ।

कांग्रेसलाई अन्य पार्टीले लगाउने परम्परावादीको खोललाई झिकेर नवीनता दिन गगन पुस्ताको गृहकार्यको गहिराइ निकै प्रशंसनीय छ । जुन कुरा स्थानीय तहको निर्वाचनका मतपरिणामले मुखरित गरिसकेको छ । पार्टीको एकल पहिचान र पहँुचलाई लोकप्रिय गराउन उनी कार्यकारी भूमिकामा पुगिसकेका छन् । जुन कुराले कांग्रेस रूपान्तरणको तिर्खा मेटाउन सकारात्मक सन्देश प्रवाहित गर्ने देखिन्छ । महामन्त्री निर्वाचित भएपछि थापा पार्टी रूपान्तरण र पुनर्जागरणका एजेण्डासहितका अवधारणापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अगाडि बढाउँदै छन् ।

उक्त अवधारणापत्रमा भनिएको छ- ‘२००६ सालको जस्तो क्रान्तिचेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२/६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको हाम्रो गौरवशाली विगतबाट प्रेरणा लिंदै आजको समयको चेत बुझेर नवीन पुस्ताले विश्वास र भरोसा गर्ने स्पष्ट ध्येय भएको गतिशील र आधुनिक संगठन बनाउनु छ ।’ यो अवधारणामा कांग्रेसजन र समग्र मुलुकले गरेको विश्वास र अपेक्षा पनि जोडिएको छ ।

अहिले कांग्रेसमा सक्षम, योग्य र विषयविज्ञता भएका नेताहरूको बाहुल्य बढ्दो छ, जुन कुराले आम कार्यकर्तादेखि जनतामा भरोसा सिर्जना गरेको छ । त्यस्तै भरोसा दुवै जना महामन्त्रीको लयबद्ध छलफल, सहकार्य र रूपान्तरणको एजेण्डाले अझै उत्साह थपिदिएको छ ।

यद्यपि, अहिले गगन थापाको वेगलाई रोक्न पार्टीभित्रैका केही नेताहरू सक्रिय भएका पनि छन् । गगनको उदयले ती नेताहरूमा अक्ष’मता प्रमाणित हुने गि’र्दो मनोबल हावी भएको छ । जुन कुराले कांग्रेस र समग्र मुलुकको रूपान्तरणको ति’र्खालाई अ’व’रोध गर्न सक्छ । त्यसतर्फ सचेत हुनु आम कांग्रेस शुभेक्षुकहरूको दायित्व पनि हो ।

प्रशंसनीय नेतृत्वदायी भूमिका :
देउवालाई अहिले आफ्नै भित्री इच्छा भन्दा पनि पार्टीका आफूपछिका पुस्ता र गठबन्धनका नेताहरूले प्रधानमन्त्रीका रूपमा अगाडि बढाइरहेका छन् । गगन यसै पटक उदाए भने उनीहरूले आफ्नो भविष्य सकिने जोखिम उठाउन चाहेका छैनन् ।

कुशल नेतृत्व भए एकै जनाको पहलले पनि देश समृद्ध बन्छ भन्ने विश्वमा धेरै उदाहरण छन् । लि क्वान यूको योगदानले सिङ्गापुर ३० वर्षभित्रै तेस्रो विश्वबाट पहिलो विश्वमा उदायो । माओ र देङ सियाओ पिङको सोचले चीन विश्वको बलियो अर्थतन्त्र भएको छिमेकी मुलुकका रूपमा उदायो । महाथिर विन मोहम्मदको योजनाले मलेशिया विश्वको आकर्षण गन्तव्य भयो । छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक चामत्कारिक कार्ययोजनाले विश्वमै उदीयमान अर्थतन्त्र भएको मुलुकका रूपमा देखिएको छ ।

लोकतन्त्र, राजनीतिक नैतिकता र कुशल नेतृत्वले सरकारको स्थायित्वको परिकल्पना गरेको हुन्छ । विश्वका धेरै मुलुक राजनीतिक स्थायित्वसहित स्थायी सरकारको शर्तले समुन्नतिको मार्गतर्फ उन्मुख छन् । छोटो समयमा नै सत्ता परिवर्तन हुने अस्थायी सरकार भएका मुलुकहरूले भने विभिन्न व्यव’धानको सा’मना गर्नु परेका छन् । त्यो अस्थिरताका अनेक राजनीतिक संक्र’मण नेपाल पनि सा’म’ना गरेकै हो ।

सम्पन्नशाली मुलुकहरूको इतिहासको विकासक्रमलाई अध्ययन गर्दा सरकारको प्रभावकारी नेतृत्वदायी भूमिका, सुशासन र शासकीय कार्यकौशलताले समुन्नतिको मार्ग देखाएका सन्दर्भ ताजा छन् । तर, नेपालमा उत्कृष्ट व्यवस्थाहरू हुँदा पनि नेतृत्वदायी कौशलताको कमिले एकपछि अर्को सरकारको असफलताले भने जनस्तरमा व्यापक वितृष्णा थपिदिएको छ । सरकारको छिटोछिटो परिवर्तन हँुदा समयमा बन्नुपर्ने अझै आधारभूत कानुनहरू निर्माण हुन सकिरहेका छैनन् ।

राष्ट्रले त्यो कुशल नेतृत्वदायी राजनीतिज्ञ खोजेको छ । अहिले प्रधानमन्त्री हुनसक्ने स’म्भा’वना भएका नेताहरूमा त्यो कुशलता, सक्षमता र योग्यता देखिन्छ, देखिंदैन हेरौं । निर्वाध रूपमा मूल्याङ्कन गर्दा गगनमा परिवर्तनको हु’ट’हुटीको वेग छ । त्यो परिवर्तनको वेगलाई मुलुकले समयमा नै सदुपयोग गर्नेतर्फ लाग्नु भावी पुस्ताका लागि दरिलो आधार पनि हो ।

गगनले महाधिवेशनमा पार्टीबाट पनि म्यान्डेटका रूपमा महामन्त्रीको लोकप्रिय मत पाए भने प्रतिनिधिसभाको निर्वाचनमा पनि भारी मतले विजय भए । अर्कातर्फ, यसै चुनावबाट उनले आफूलाई संसदीय दलको नेता हँुदै प्रधानमन्त्रीको सशक्त दावेदारी समेत प्रस्तुत गरेर युवाहरूको राजनीतिक र शासकीय पद्धतिमा हस्तक्षेपकारी कदमलाई अगाडि बढाएका छन्।

गणतन्त्र स्थापनाका लागि पटक-पटक जेलजीवन, हिरासत र पार्टीका भ्रातृ संगठनमा रहेर गरेको नेतृत्वदायी परिवर्तनका साक्षी आम जनता नै छन् । विद्यार्थी राजनीतिको नेतृत्वदायी भूमिकाबाट उदाएका गगन अहिले पार्टीको कार्यकारी भूमिकामा पुगिसकेका छन् । २०६२/६३ को जन’आ’न्दोलन होस् कि संविधानसभामार्फत संविधान निर्माणमा शीर्ष नेताहरूलाई द’बा’वमूलक कार्यमा अग्रपंक्तिमा उनै गगन देखिए ।

राजनीतिक एजेण्डासहित समुन्नत नेपाल, सम्मानित नेपालीको गहकिलो ना’रा बोकेर हिंडेका गगनलाई यस पटक रोक्न खोज्नुलाई परिवर्तनलाई रोक्नु जस्तै हो । लिडरसिप र अर्थशास्त्रका विद्यार्थी गगनले यी दुवै जिम्मेवारीलाई निर्वाह गर्दै नेपालको सक्षममध्येको प्रधानमन्त्रीका रूपमा स्थापित हुनसक्ने प्रशस्त स’म्भावना छन् ।

सामूहिक प्रयत्नमा विश्वास :
संसदमा अहिले कुनै पनि पार्टीको एकल बहुमत छैन । सरकार बनाउन गठबन्धन आवश्यक छ । गठबन्धनका लागि राजनीतिक सहमति अत्यावश्यक छ । जुन कुरालाई गगनले सुरुदेखि नै स्पष्ट रूपमा राख्दै आइरहेका छन् । समग्र राष्ट्र र जनहितका लागि राजनीतिक सहमति केन्दि्रत रहोस् भन्ने आम अपेक्षा पनि हो ।

गठबन्धनको नेतृत्व र प्रतिनिधिसभामा सबैभन्दा धेरै सांसद जितेका कारण पनि नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार गठन हुने स्वाभाविक छ । अन्य पार्टीसँगको सहकार्यका लागि पनि सार्वजनिक रूपमा नै सहमति गरेर अगाडि बढौं भन्नु जनताप्रतिको उत्तरदायित्व र जवाफदेही पनि हो । जुन कुरा लोकतन्त्रभित्रको अपरिहार्यता पनि रहन्छ । यसका लागि गगन खुला हृ’दयले प्रस्तुत भएका छन् ।

अहिले गगन थापा स्पष्ट कार्यदिशामा छन् । उनलाई पार्टी प्रभावशाली महामन्त्रीलगायत नेताहरूको साथ-समर्थन देखिन्छ । गणितीय हिसाबमा सभापति देउवा बलियो देखिए पनि भावी प्रधानमन्त्रीमा भने गगनलाई देख्न चाहने कांग्रेसका कार्यकर्ता धेरै छन् । कांग्रेसबाटै निर्वाचित भएका सांसदहरूले पनि अहिले आम मतदाताको मनोभावना अनुरूप युवा पुस्तालाई अगाडि ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।

कांग्रेसमा गगन भविष्य हुन् । तर, सभापति देउवामा पटक-पटक प्रधानमन्त्री भइसकेर पनि शासकीय कौशलता भने देखिंदैन । विगतका सरकारमा हुँदाका कार्यसम्पादनलाई नियालेर हेर्दा उनमा समयानुकूल क्षमता देखिंदैन । देउवालाई अहिले आफ्नै भित्री इच्छा भन्दा पनि पार्टीका आफूपछिका पुस्ता र गठबन्धनका नेताहरूले प्रधानमन्त्रीका रूपमा अगाडि बढाइरहेका छन् ।

गगन यसै पटक उदाए भने उनीहरूले आफ्नो भविष्य सकिने जोखिम उठाउन चाहेका छैनन् । र, जोडबल गरेरै भए पनि सभापति नै प्रधानमन्त्रीको पात्र हुने भन्दै कांग्रेसलाई पुस्तान्तरणमा ध’क्का दिइरहेका छन् ।

इतिहासमा बीपी ४५ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । त्यसपछि युवा उमेर ४५ वर्षको उमेरमा गृहमन्त्री र ४९ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने देउवा नै हुन् । अहिले पनि पाँचौं पटक प्रधानमन्त्री भएका उनी सहजै छोड्न तयार छैनन् । पटक-पटक प्रमाणित भइसकेका उनले गगन पुस्तालाई आत्मसात् गर्न नसक्नु उनको जीवनको उत्तरार्धमा इतिहासका लागि राजनीतिक उचाइ गि’राउने बाहेक अन्य केही प्रशंसनीय हुन सक्दैन ।

गठबन्धनभित्रका सत्ता र शक्तिको भागबण्डाका प्रारम्भिक छलफललाई नियाल्दा निकै रस्साकस्सी देखिएका छन् । कांग्रेसमा पार्टीभित्रैको सं’घर्ष छ । गठबन्धनका घ’टक दलहरूमा पनि राजनीतिक सौदावाज र स्वार्थपन हावी छ । एक नेताले अर्को नेतालाई रोक्ने अस्वस्थ क्रियाले सक्षम नेतालाई प’न्छाउने हो कि भन्ने संशय बढिरहेको छ । जुन कुरा नेपाली राजनीतिका लागि बि’डम्वना पनि हो ।

बहुदलीय व्यवस्थापछिका तीन दशकसम्म अझै पनि पूर्ण पाँचवर्षे स्थायी सरकार निर्माण भई कार्यान्वयनमा आउन सकेका छैनन् । स्वार्थप्रेरित आन्तरिक राजनीतिक खिचातानी र अप्रत्यक्ष रूपमा बाहृय हस्तक्षेप र स्वार्थका कारण सरकार कार्य सम्पादनमा चुकिरहेका छन् । त्यसको असर आर्थिक आत्मनिर्भरता, राजनीतिक स्थायित्व, सामाजिक रूपान्तरण र आमनागरिकको जीवन स्तरोन्नतिसँग पक्कै पनि जोडिएको छ ।

राजनीतिक दलका लागि सरकार गठन र विघटन गर्नु नियमित र सामान्य प्रक्रियाजस्तो लाग्ला । तर, त्यसको असर देशको दिगो विकास, का’नुन र नीतिनिर्माण, सार्वजनिक र प्रशासनिक सुदृढीकरणका लागि कति प्र’भाव परेको छ ? भन्ने विषयमा शीर्ष नेतामा अझै पनि गम्भीरता भने देखिंदैन । राजनीतिक स्थिरता र गतिशील प्रभावकारी सरकारको सुनिश्चितता जनताले चाहेका छन् । जसको नेतृत्व युवाले गरून् भन्ने हो ।

विगतमा संविधानको कार्यान्वयन, का’नुन निर्माणमा ढिलासुस्ती, पूर्वाधार विकासमा अ’नि’यमितता, मौलाउँदो भ्र’ष्टाचार र ख’स्किंदो सुशासनले सरकार वि’वादित छन् । प्रभावकारी सरकार सञ्चालनमा दलहरू अस’फल भएका देखिन्छन् । संसदीय गणितको जोडघटाउ र दलीय सौ’दाबाजी, व्यक्तिकेन्द्रि महत्वाकांक्षाले लोकतान्त्रिक संसदीय व्यवस्थालाई अहिले गिज्याइरहेको जस्तो देखिन्छ । यसको सुधार अत्यावश्यक छ । र, त्यसको पहलकदमीको जिम्मेवारी पनि अब युवा राजनीतिज्ञका काँधमा आइपरेको छ ।

अहिले देश विकासका लागि स्थायी सरकारको खाँचो, नीतिगत निरन्तरता, आर्थिक समृद्धि, शासकीय सुधार र आर्थिक-सामाजिक रूपान्तरणमा देखिएका अ’ड्चन, अव’रोध र ढिलाइका अचूक उपायका लागि अब के कस्तो नेतृत्वको खाँचो हो त ? यो प्रश्नले अहिले आमवृत्तमा जवाफ खोजिरहेको छ । त्यसको एक मात्र उपयुक्त बाटो सक्षम युवाले सरकारको बागडोर सम्हालेर देशलाई लयबद्ध विकासमा उत्प्रेरित गर्नु नै हो । यसको विकल्प सायदै अर्को कुनै छैन ।

यसर्थ, लोकतान्त्रिक निर्वाचनबाट नागरिकको मत प्राप्त गरी निर्वाचित प्रतिनिधिबाट बनेको सरकार नेतृत्वको पूर्ण कार्यकाल र नागरिकका माग, आवश्यकता र चाहनाको सही समयमा सम्बोधन गर्न सक्ने अहिले युवा सोच भएको नेतृत्व चाहिएको छ ।

निर्वाचनको सन्देश र आम मतदाताको चाहना अनुरूप अहिले देशले युवा नेतृत्वको चाहना गरेको छ । समयानुकूल राजनीतिक परिवेश र जनअपेक्षाको सम्बोधनका निमित्त युवा प्रधानमन्त्रीको जनअपेक्षा चुलिंदो छ । जनअपेक्षाको पदचापलाई बुझेर पाका पुस्ताका शीर्ष नेताहरूले नै युवालाई अगाडि बढाउने अनुकूल प्रयत्नको सुरुवात होस् । अनलाइन ख’बर बाट ।

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया