शनिबार १४ माघ २०७९

काठमाडौँ / विश्वकपको फाइनल खेलमा प’रा’जित भए पनि फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका छन् । गत राति भएको फाइनल खेलमा फ्रान्स अर्जेन्टिनासँग उपाधि भि’डन्तमा पेनाल्टी सुटआउटमा ४–२ ले प’रा’जित भयो ।

खेल पेनाल्टीमा जानुअघि एमबाप्पेले ह्याट्रिक गोल गरेर टिमलाई पटक–पटक हा’रबाट ब’चा’एर सम्हालेका थिए । तर, पेनाल्टी सुटआउटमा फ्रान्स स्त’ब्ध बन्दा ब्याक टु ब्याक विश्वकप जित्ने उनको सपना भने पूरा हुन सकेन । गत राति एमबाप्पेले विश्वकपको मञ्चमा ह्याट्रिक गोल गरेर रेकर्ड नै बनाएका छन् ।

विश्वकपको फाइनल जस्तो ठूलो मञ्चमा ह्याट्रिक गोल गरे पनि उनी र टिमले उपाधिको भने खुसी मनाउन पाएनन् ।तर, फाइनल खेलमा गरेको ३ गोलसँगै एमबाप्पे कूल ८ गोलका साथ कतार विश्वकपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते । एमबाप्पे लाई विश्वकपको गोल्डेन बुट जित्नका लागि मात्रै दोस्रो विश्वकपसम्म पर्खिनुपर्यो ।

उनले २०१८ को रसिया विश्वकपमा उपाधिका साथमा ‘योङ प्लेयर अफ् द टुर्नामेन्ट’को अवार्ड जित्दा यसपटक सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए ।यस विश्वकपमा एमबाप्पेले ७ खेल मध्ये ६ खेल सुरुआतबाट खेले भने एक खेल बेन्चबाट खेले । जसमा उनले ३ खेलमा गोल र असिस्ट दुवै गर्न सकेनन् भने ४ खेलमा गोल गर्न सफल भए ।

जसमा फाइनलमा भएको ह्याट्रिक गोल उनको करियरमा सधैं सम्झनायोग्य हुनेछ । त्यत्ति मात्रै हैन, विश्वकप इतिहासमै सबैभन्दा रोमाञ्चक र सनसनी यो फाइनलमा उनले गरेका ३ गोलको चर्चा सधैं भइराख्नेछ । फिफाले यो फाइनललाई इतिहासकै सबैभन्दा उत्कृष्ट भनेर चर्चा गरेको छ ।

एम्बापेको फूटबलप्रतिको प्रेम बुझ्न भने विगततिर फर्केर हेर्नुपर्छ। फ्रान्सेली टोलीको १० नम्बर जर्सीवाहकको जन्म पेरिसको उत्तरी भागमा रहेको सानो नगर बन्डीमा भएको हो । एम्बापेको परिवारमा बुबा विल्फ्रिड, आमा फाइजा र भाइ जियाइस कोम्बे-कोको छन् । अर्का भाइ इथन जो भर्खर १५ वर्षका भए ।

उनीहरूको घर बोन्डी फूटबल क्लबको ठीक अगाडि थियो। घर अगाडिको एउटा बाटो का’ट्ने बित्तिकै फूटबल मैदान आउँछ, जहाँ एम्बापे आफ्ना साथीहरूसँग घण्टौंसम्म फूटबल खेलिरहन्थे। उनका बुबा स्थानीय क्लबमा आबद्ध थिए। उनी विभिन्न टीमलाई प्रशिक्षण दिन्थे, र पेरिसको फूटबलको संसारमा उनको राम्रै सम्मान थियो।

उनका छोरालाई फूटबल बाहेक केहीमा पनि रुचि थिएन। एम्बापेको ध्याउन्न फूटबल प्रहार गर्ने मात्रै थियो र उनी प्रायः बुबाकै टोलीको आसपास रहन्थे। घरको वातावरण नै फूटबलमय थियो, चाहे टेलिभिजनमा फूटबल हेर्ने होस्, चाहे विद्यालयमा साथीभाइसँग मैत्रीपूर्ण खेल खेल्ने होस्, चाहे अन्त नै खेल्ने होस्।

एम्बापेले फेर्ने सास, जिउने वातावरण र सुत्दा देख्ने सपना पनि फूटबल नै थियो। एम्बापेले आफू सुत्ने कोठाको भित्तामा उनले महान् ठानेका खेलाडी क्रिस्टियानो रोनाल्डोको पोस्टर टाँसेका थिए। शुरूआती चरणमै एम्बापेमा फूटबलको विशेष कौशल रहेको सङ्केत देखिएको थियो। उनी १० वर्षको हुँदै पेरिसभरि बोन्डीको फूटबल खेल्ने केटोबारे चर्चा शुरू भइसकेको थियो।

उनको त्यो चर्चा देशको राजधानीमा मात्र सीमित भएन। सबै लिग-१ क्लब मात्र होइन, यूरोपका सबैजसो प्रभावशाली क्लब ध्यान दिन थालिसकेका थिए। एम्बापेको परिवारको सोच भने स्पष्ट थियो- आउँदा वर्षहरू विदेशमा होइन, फ्रान्समै बिताउने। परिवार को सोच उनलाई उत्कृष्ट टोलीका खेलाडीसँग प्रतिस्पर्धा गराउनु थियो।

त्यसैले उनीहरूले चेल्सीको प्रस्तावलाई स्वीकार गरे। प्रस्ताव अनुसार, एम्बापे एक साताका लागि प्रशिक्षण गर्न बेलायतको लन्डनस्थित चेल्सी क्लबमा गए, त्यति खेर उनको उमेर ११ वर्ष थियो। अर्को वर्ष उनी त्यस्तै प्रशिक्षणका लागि स्पेनको रियल म्याड्रिड क्लबमा गए। ती दुवै यूरोपेली क्लबले एम्बापेको पुरै परिवारलाई राम्रो बन्दोबस्त सहित यूरोपमै बस्ने प्रस्ताव गरे।

उता परिवारको चिन्ता भनेको एम्बापेको क्षमताको परीक्षा गर्नु थियो। तर, जहाँ जहाँ गए ती सबै ठाउँमा उनी उत्कृष्ट नै ठहरिए। पेरिसको युवा खेलाडीलाई प्रशिक्षण दिने प्रसिद्ध एकेडेमी क्लेरयफोन्टेनमा पनि उनले आफ्नो उत्कृष्टता देखाए। १३ वर्षका सयौं खेलाडीमाझ उनी छानिएपछि त्यही एकेडेमीमा दुई वर्ष बसे।

साताको अन्त्यमा स्थानीय तल्लो तहको क्लबसँग वा आफूलाई प्रायोजन गर्ने क्लबका लागि खेल्नुपर्थ्यो। क्लबहरू एम्बापेलाई लिन म’रि’हत्ते गरिरहेका थिए, तर उनले एकेडेमीका आफ्ना साथीहरू जस्तै दुई वर्षको प्रशिक्षण नसकिउन्जेल धैर्य गरे। एम्बापे १५ वर्षका भएका थिए।

र, उनको एउटै मात्र ध्याउन्न थियो- फूटबल खेल्नु। मोनाको एकेडेमीको युवा टोलीमा उनले आफ्नो खेल डेब्यू गर्दै च्याम्पियन्स लिगमा खेले, र आफ्नो आदर्श खेलाडी रोनाल्डोको पदचापलाई पछ्याए। तर, आफ्नो सफलतालाई आत्मसात् गर्न उनले आफ्नो परिवारको भावना बुझ्नु महत्त्वपूर्ण थियो।

उनीहरूले जे गरेका थिए, सबै मिलेर नै गरेका थिए। त्यसपछि उनको परिवार पनि मोनाकोमै बस्न थाल्यो। उनको प्रदर्शन उत्कृष्ट हुँदाहुँदै पनि जब पहिलो टोलीमा अवसर दिइएन, तब परिवारले आपत्ति जनायो। अन्ततः सन् २०१५ को डिसेम्बरमा लियोनार्दो जार्दिमले उनलाई खेल्ने अवसर दिए।

एम्बापे १६ वर्ष ३४७ दिनको हुँदा थियरी हेनरीको कीर्तिमानलाई भङ्ग गर्दै सबैभन्दा कान्छा खेलाडीको रेकर्ड बनाए। हेनरीको कान्छाे उमेरमा गाेल गर्ने कीर्तिमान पनि एम्बापेले तो’डे । फेब्रुअरी २०१६ मा टोरिज विरुद्ध गोल गर्दा उनी १७ वर्ष ६२ दिनका थिए।त्यसपछि त उनलाई रोक्ने कोही भएन।

फ्रान्सका लागि पहिलो पटक २५ मार्च २०१७ मा स्पेन विरुद्ध खेले, त्यो वेला उनको उमेर १८ वर्ष ९५ दिन थियो। उनको गोल अर्को वर्षको अन्तर्राष्ट्रिय म्याचमा भयो।किशोरावस्थामा उनलाई सबै उत्कृष्ट क्लबले लिने प्रयास गरे। रियल मड्रिडले सके जति गरेकै हो।

धेरै ट्रायल गरे, मैत्रीपूर्ण खेल खेलाए, जिनेदाने जिदान र रोनाल्डोसँग पनि भेटघाट गराए। मड्रिड आफूले जे सक्ने हो त्यो सबै गरे, तर त्यति मात्रैले पनि पुगेन। उनीहरूले आफ्नो प्रयासलाई थाती राखेनन्।तैपनि, एम्बापेले पीएसजी रोजे। शुरूआततिर सन् २०१७ को अगस्टमा एक सिजन लोनमा गए।

त्यसपछि पीएसजीसँग १३० मिलियन पाउन्डमा सम्झौता भयो। र, उनले पाँच सिजनमा चार वटा लिग जिताए। त्यसपछि जे भयो, त्यो इतिहास बन्यो। आईतबार राति भएको कतार विश्वकपको फाइनलमा उनी फ्रान्सेली टोलीको केन्द्रीय खेलाडी बनेका छन्। उनी विश्वकप फुटबल सकिएको दुई दिनपछि २४ वर्ष लाग्दै छन् ।

उनले फ्रान्सका लागि ३३ पटक खेलिसकेका छन् । फ्रान्सका लागि सर्वाधिक गोल गर्ने ओलिभर जिरुडभन्दा उनी २० खेल मात्र पछि छन्। तर, सन् २०१८ को विश्वकप विजेता टोलीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उनलाई प्रेरित गर्ने खेलप्रतिको प्रेम हो। उनी बच्चै हुँदादेखि उनको खुट्टामा ब’ल थियो र अहिले सबै काम उनको खुट्टाले गरिरहेको छ।
– धनकुटा ख’ब’र बाट ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया