आइतबार १७ मंसिर २०८०

काठमाडौं / चुनावलाई प्र’भा’वित पार्ने उद्देश्यसहित माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘समाजवादी केन्द्र’ बनाउन चाहेका थिए । त्यसमा जनता समाजवादी पार्टीबाट अलग हुने तयारीमा रहेका डा. बाबुराम भट्टराई समेत मिसिएका थिए ।

उनले समाजवादी जोडेर ‘नेपाल समाजवादी पार्टी’ बनाएका थिए ।समाजवादी केन्द्र बनाउन सहमत भएका नेताहरुमा ‘नेकपा’ जोड्ने कि नजोड्ने भन्ने बिषय टुृंगिन बाँकी थियो । कम्युनिष्ट विचारधारा त्यागिसकेका भट्टराई नेकपा थप्न तयार थिएनन्, प्रचण्ड र माधव नेपाल छाड्ने पक्षमा भएनन् ।

माओवादी र एकीकृत समाजवादीले भने पार्टी एकता संयोजन समिति बनाउने निर्णय नै गरेका थिए । भट्टराई नेतृत्वको नेपाल समाजवादीले चुनावपछि एकतामा जाने निर्णय गर्दै माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव ल’ड्ने निर्णय गरेको थियो ।

तर एकीकृत समाजवादीमा वि’द्रो’हको स’म्भा’वनासमेत देखिएपछि चुनावपछि छलफल गर्ने भन्दै शीर्ष नेताहरु रोकिए । चुनावी नतिजापछि भने समाजवादी केन्द्र बनाउन स्वयं उनीहरु नै इच्छुक देखिएनन् । एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो भन्दै गएको छ । पार्टीभित्रको मतलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल पनि यसलाई धेरै च’र्का’उने पक्षमा छैनन् ।

माओवादी केन्द्रसँग आफूहरुको सैद्दान्तिक बिमति रहेको भन्दै उनले एकताका लागि हतार गर्न नहुने बताएका थिए । समाजवादी केन्द्र बन्ने अवस्था नदेखिएपछि प्रचण्डले यसलाई फरक रुपमा अगाडि बढाउने प्र’स्ता’व गरेका छन् ।

एमाले बाहेकका दललाई समेटेर मोर्चा बनाउने उनको प्रस्ताव छ । माओवादी उपमहासचिव हरिबोल गजुरेलका अनुसार प्रचण्डले तत्काललाई ‘लुज फोरम’का रुपमा समाजवादी मोर्चा बनाउने प्रस्ताव गरेका हुन् ।

११० पटक हेरिएको

तपाईको प्रतिक्रिया