बिहिबार ११ आश्विन २०८०

काठमाडौं, ३ पुस / कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो । कतार विश्वकप खेलमात्रै हैन, यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ ।

विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ । यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् ।

क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।

यो अर्को समाचार :- बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट :
काठमाडौँ / बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आइतवार शेयरको बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख ५१ हजार आठ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

निष्कासित शेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिएका थिए ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया