आइतबार ०७ आश्विन २०८०

यतिबेला एक घर चर्चामा छ, जसको ‘बेडरूम’ एक प्रदेश र भान्सा अर्कै प्रदेशमा परेको छ ।भारतको महाराष्ट्र र तेलंगाना प्रदेशको सीमामा रहेको घरको भान्सा र बेडरूम छुट्टाछुट्टै प्रदेशमा परेका हुन् ।स्थानीय पवार परिवारको भान्सा तेलंगानामा परेको छ ।

त्यस्तै उक्त घरको बेडरूम महाराष्ट्रमा परेको छ । सुन्दा यो अचम्म लाग्छ ।दुवै प्रदेशको सीमा क्षेत्र महाराजगुडामा रहेको १० कोठाको घरका ४ कोठा तेलंगानामा पर्छन् भने ४ कोठा महाराष्ट्रमा परेका छन् । भान्सा कोठा तेलंगानामा परेको छ भने हल महाराष्ट्रमा परेको छ ।

वर्षाैंदेखि पवार परिवार सोही घरमा बस्दै आएको छ ।सन् १९६९ मा सीमा विवाद भएको थियो । त्यसपछि पवार परिवारको घर २ प्रदेशमा बाँडिएको हो । पवार परिवारले दुवै प्रदेशमा सम्पत्ति कर बुझाउनुपरेको छ भने सरकारी योजनाको लाभ दुवै प्रदेशबाट लिने गरेका छन् ।

यो अर्को समाचार :- देशको अर्थतन्त्र सुधार गर्न परनिर्भरताको अन्त्य गर्नुपर्छ : नगर प्रमुख बुढाथोकी : झापा / मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले देशको अर्थतन्त्र सुधार गर्न स्वदेशी उत्पादनमा ज‍ोड दिदै परनिर्भरताको अन्त्य गर्नुपर्ने बताएका छन् । जिल्लाकै पुरानो सहकारी महेन्द्रद्वार सहकारी संस्था लि को ३३औं वार्षिक साधारण सभाको बिहीबार उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले यस्तो बताएका हुन् ।

स्वदेशी उत्पादन निर्यात शुन्य सरह हुनु र विदेशी उत्पादन आयत अत्याधिक हुनुले देशको अर्थतन्त्रमा प्रतिकुल असर परेको बताउँदै उनले अब आत्मानिर्भर बन्न तर्फ सबै लाग्नु पर्ने बताए । यस्ता विषयमा देशभरका सहकारी संस्थाहरु अघि बढ्नुपर्ने उनले बताए ।

मेचीनगर–६ स्थित काँकरभिट्टामा कार्यालय रहेको संस्थाको अध्यक्ष राजकुमार दाहालले उद्घाटन सत्रको अध्यक्षता गदैं सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समितिका संयोजक गिरीराज धमलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, जिल्ला सहकारी संघ सञ्चालक समिति सदस्य नारायण गौतम, राष्ट्रिय सहकारी बैक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, काँकरभिट्टा सहकारी संस्था अध्यक्ष भुपाल सिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका विभिन्न जिम्मेवारीमा रहेर जनप्रतिनिधिमा निर्वाचित गिरीराज धमला, कुन्दन निरौला, बिष्णु भट्टराईलगायत विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको संस्थाकी व्यवस्थापक सावित्रा अधिकारीले जानकारी दिइन् ।

संस्थाका सदस्य प्रकाश ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष युद्घराज ओलीले गरेका थिए ।

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया