मंगलबार ०९ आश्विन २०८०

काठमाडौ / बाल गायिका कमला घिमिरेले गाएको एउटा लाइभ दोहोरीको विषय पछिल्लो केही दिनयता चर्चामा रह्यो ।

गीतलाई कतिले प्रशंसा गरे भने कतिले पी’डितलाई थप पी’डा थप्ने खालको भएको भन्दै आ’लोचना गरे । गीत विवा’दास्पद र आ’लोचित बनेपछि बाल गायिका घिमिरेले फेसबुकमार्फत बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह समेत गरिसकेकी छन् । यद्यपि, उक्त दोहोरीलाई लिएर हुने तर्क-वितर्कहरु सेलाएको छैन ।

यसै सन्दर्भमा चर्चित लोकगायक बद्री पंगेनीले दोहोरीमा त्यसप्रकारको विषय बनाउनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । ‘जुन विषय बनाएर गाइयो, त्यो गलत थियो । चो’ट भो’ग्नेहरूले भो’गिरहेको छ त्यसमाथि फेरि नुन–खुर्सानी छर्किनुपर्ने कारण छैन । अरु थुप्रै विषयहरू छन् त दोहोरी गाउन’, पंगेनीले भनेका छन्, ‘जसले त्यो विषय बनाएर गाउन लगाउनुभयो, उहाँहरुले ग’लत गर्नुभयो भन्छु ।’

उनले उक्त विषयमा बाल गायिका घिमिरेलाई गा’ली गर्नु पनि ग’लत भएको बताएका छन् । ‘त्यो विषय बनाउनु पनि गलत । कमलालाई गा’ली गर्नु पनि गलत हो’ एक भिडियो कुराकानीमा पंगेनीले भनेका छन्, ‘कमला त बालिका हो नी । म अहिले त कतिपय ठाउँमा बोल्दा बिराउँछु, गाउँदा बिराउँछु । कहिलेकाँही निर्णय लिँदा ग’ल’त निर्णय लिन्छु ।’

उनले बालगायिका घिमिरेले मा’फी माग्दासमेत गा’ली गरिरहनु राम्रो नभएको बताएका छन् ।

उनले त्यस्ता विषयवस्तुहरुमा बालबालिकालाई प्रयोग नै गर्नु गलत भएको बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका पंगेनीले डलरको लोभमा त्यस्तो विषयमा दोहोरी गाइएको टिप्पणी गरेका छन् । उनले बालबालिकासँग दोहोरी गाउँदा प्रेमका कुरा गर्न नसुहाउने बताए ।

२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया