
काठमाडौं / बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे । थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए ।
नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक राइडिङ’को अनुमति पत्र (लाइसेन्स) प्राप्त हुने र त्यसपछि नियमित काम सुरु हुने बताएको थियो । तर युएई पुगेको महिनौं बित्दा पनि उनीहरूले लाइसेन्स प्राप्त गर्न सकेनन् ।
‘हामी म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थियौं । म्यानपावर कम्पनीले त्यहाँ गएको एक सातामा लाइसेन्स पाइने, त्यसपछि नियमित काम सुरु हुने र मासिक १ लाख कमाउन सकिने भनेको थियो तर भनेअनुसार केही पनि भएन,’ थारूले भने ।
युएईमा ओर्लिएको पाँच घन्टापछि थारूलाई प्रस्तुति म्यानपावरकै सञ्चालक नवराज थापा नाम गरेका व्यक्ति लिन आए । उनले थारूलाई एउटा कोठामा लिएर गए । त्यहाँ जाँदा थप १८–२० जना नेपाली नि’न्या’उरो अनुहार लगाएर बसिरहेका थिए । उनीहरूले थारूलाई हेर्दै थिए ।
तीमध्ये एक जनाले भने, ‘तिमी पनि फ’स्यौ ।’ त्यसपछि भने थारू झसंग भए । त्यहाँ उनीहरूलाई एउटा कोठामा भेडाबाख्रा कोचेजस्तै गरी राखिएको थियो । नेपालबाट राम्रो कमाइको आसमा ऋण खोजेर युएई पुगेका थारू के गर्ने के नगर्ने भनेर अ’न्यो’लमा परे ।
‘म त झन् ऋण खोजेर त्यहाँ गएको थिएँ । अब डुबियो भन्ने लाग्यो । त्यो दिन कोठामा रहेका सबैले कसरी फसियो भनेर आपसमा अनुभव साटासाट गर्यौं । राति निद्रा पनि लागेन,’ उनले भने, ‘परिवार सम्झें, ऋण सम्झें । त्यसपछि त झन् बे’हो’सै होलाजस्तो भयो ।’ केही दिन बसेपछि उनीहरूलाई सो कोठाबाट निकालियो । त्यसपछि थप दुः’खका दिन सुरु भए ।
उनले त्यहाँ बस्न नेपालबाटै खर्च मगाउनु पर्ने भयो । राम्रो आम्दानी हुने आसमा महँगो शुल्क तिरेर वैदेशिक रोजगारीमा गएका थारू गत नोभेम्बर २५ मा भारतको बाटो हुँदै नेपाल फर्किए । हाल उनी आफू म्यानपावर कम्पनीबाट ठ’गि’एको उ’जु’रीसहित वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।
थारूले युएईमा दुः’ख पाइरहेको समयमा पनि नेपालबाट बाइक राइडरको जागिरमा भन्दै प्रस्तुति म्यानपावर कम्पनीले नेपाली युवालाई युएई पठाउन छाडेको थिएन । घर परिवारलाई सुख दिने आशा बोकेका उनी उल्टै पैसा झिकाएर स्वदेश फर्किनुपर्यो ।
वैदेशिक रोजगारीमा यसरी ठगीमा परिन्छ भन्ने थाहा भएको भए बरु स्वदेशमै लगानी गरेको भए हुने भन्ने लागेको लिम्बू बताउँछन् । लिम्बूले पनि म्यानपावर कम्पनीलाई बुझाएको पैसाको रसिदसहित वैदेशिक रोजगार विभागमा उ’जु’री दिएका छन् ।
नुवाकोटका रामचन्द्र तिवारी पनि थारू र लिम्बूजस्तै वैदेशिक रोजगारीको सपना देखेर प्रस्तुति म्यानपावरलाई पैसा बुझाउनेमध्येका एक हुन् । उनी त अझ थारू र लिम्बूले भन्दा १५ हजार अतिरिक्त रकम बुझाएर युएई उडेका थिए । तर युएई पुगेपछि मात्र उनले आफू ठगिएको थाहा पाए । म्यानपावर कम्पनीले तत्काल काम उपलब्ध गराउने भने पनि सात महिना बस्दासमेत काम नपाएपछि उनी पनि नेपाल फर्किएका छन् ।
‘त्यहाँ सात महिना बस्दा हाम्रो धेरै पैसा खर्च भएको छ । पैसा कमाएर परिवार सुखले पाल्ने आशा थियो । त्यहाँ पुगेपछि सडकको बास भयो,’ उनले भने । तिवारी काहरू सबैको अवस्था बि’जोग भएको तिवारी बताउँछन् । उनी आफूले नेपाल फर्केर विभागमा उ’जुरी दिए पनि विभागबाट कुनै सुनुवाइ नभएको भन्दै आ’क्रो’श पोख्छन् ।
पहिले वैदेशिक रोजगारीका सिलसिलामा ठ’गि’एका उनी अहिले गु’नासो सुनुवाइका लागि विभाग धाउँदाधाउँदै वा’क्क भइसकेका छन् । प्रत्येक पटक काठमाडौं आएर विभागमा धाउँदा धेरै पैसा खर्च भइसके पनि आफ्नो गुनासोको सुनुवाइ नभएको उनी बताउँछन् । ‘पटक पटक काठमाडौं आउँदा धेरै पैसा सकिइसक्यो । यसरी कहिलेसम्म विभाग धाइराख्नुपर्ने हो ?’ तिवारीले प्रश्न गरे ।
उनी पी’डित र दुः’खीका पक्षमा बोलिदिने कोही नभएको भन्दै गु’नासो गर्छन् । उनी आफूजस्तै वैदेशिक रोजगारीका सिलसिलामा ठ’गि’एका सयौं पी’डितले विभागमा पुगेर उजुरी दिँदा पनि न्या’य नपाएको बताउँछन् । पी’डितको ठ’गीको उजु’रीपछि म्यानपावर कम्पनीका कर्मचारी विनोद कार्कीकी पत्नी मुनादेवी कार्की र छोरी आयुषा कार्की प’क्रा’उ परेका थिए ।
तर उनीहरूलाई २५ दिनमै ३ लाख ५० हजार धरौटीमा रि’हा गरियो । प्रत्येक पी’डितसँग ५ लाखभन्दा बढी असुलेर करोडौं ठ’गी गरेका पी’ड’कहरूलाई त्यति थोरै रकम धरौटी राखेर छाडिदिएको भनेर पी’डितले सम्बन्धित निकायसँग प्रश्न गरिरहेका छन् ।
उक्त म्यानपावरका सञ्चालक नवराज थापा र कर्मचारी विनोद कार्की का’नुनी दायरामा नपरेको भन्दै पी’डितहरूको गु’ना’सो छ । तिवारीले पैसा कसरी बुझाउने हो भनेर म्यानपावर सञ्चालक थापालाई फोन गरेका थिए । उक्त म्यानपावर सञ्चालकले भने, ‘म पैसाको लेनदेन गर्दिनँ, पैसाको कारोबार मुनादेवी कार्कीले गर्छिन् ।’
पी’डितहरूले म्यानपावर कम्पनीका सञ्चालक थापालाई का’नुनी दायरामा ल्याउन नसकिएको बताएका छन् । यसरी सोही कम्पनीमार्फत बाइक राइडरमा युएई गएर टन्न पैसा कमाउने सपना बोकेका सयौं कामदारहरूको सपना दुर्घ’टनामा परेका छन् । वैदेशिक रोजगार विभागका अनुसार बाइक राइडिङका लागि युएई पुगेका करिब ५० जनाले ठ’गीको उ’जुरी द’र्ता गराएका छन् ।
विभागका शाखा अभिकृत सुशील पकुवालले उ’जुरी परेका कतिपय मु’द्दा न्याया’धीकरणमा गएको र म्यानपावर कम्पनीको धरौटी रकम तत्कालीन रूपमा रोक्का गराउन लगाइएको जानकारी दिए । अदा’ल’तबाट पी’डितको सु’नुवाइ भएपछि सोही धरौटीमार्फत पी’डितलाई क्षतिपूर्ति दिइने उनले जानकारी दिए ।
बाइक राइडरको जागिरको आशामा ठ’गि’एका ३८ जनाले मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा पनि उ’जु’री दिएको संस्थाका निर्देशक सुदीप देवकोटाले जानकारी दिए । नागरिक दैनि’कमा यो खबर छापिएको छ ।