मंगलबार ०९ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २४ गते शनिबार इश्वी सन २०२२ डिसेम्वर १० तारीख पौष कृष्ण पक्ष द्वितिया तिथी आद्र्रा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मुद्गर योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु विश्वमानव अधिकार दिवस ( ज्यो.प. तुलसी भारद्वाज )

मेष–
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रियसाथीसँग पनि भेटघाट होला ।

वृष–
भौतिक साधनको क्ष’तिले अना’वश्यक धन ना’श होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अना’वश्यक झ’मेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।

मिथुन–
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला ।

कर्कट–
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ । यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

सिंह–
आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेनको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

कन्या–
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको ना’श हुन सक्छ, साथै प्रेममा पनि धो’का होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।

तुला–
काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य क’मजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला ।

वृश्चिक–
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

धनु–
विप’रित लि’ङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

मकर–
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । ब्य’र्थै समयको ना’श होला । मनमा उदासिन्ता बढ्ने, काममा अव’रोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धो’का दिनेछन् ।

कुम्भ–
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ ।

मीन–
प्रेम र मित्रताको ब’न्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया