
काठमाडौं / चलचित्र हलमा विश्वकप फुटबलका खेल प्रदर्शन गर्न लागिएको भन्ने समाचार बाहिरिएपछि चलचित्र विकास बोर्डले उक्त कार्य रोक्न निर्देशन दिएको छ ।
चलचित्र हललाई चलचित्रमात्र प्रदर्शन गर्ने अधिकार रहेको भन्दै बोर्डले विश्कप फुटबलको खेल प्रदर्शन गरे का’रबाही गर्ने चे’ता’वनी दिएको छ ।
शुक्रबार बोर्डका अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।’
यो पनि पढनुहोस् :- कालीकोटमा आयोडिनयुक्त नुनको अभाव :
कालीकोट । कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो ।
कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो । चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले तीन हजार पाँच सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा हालसम्म तीन सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय कालीकोटका कर्मचारी लालबहादुर ब’मले जानकारी दिए ।
“अहिले डिपोमा आयोडिनयुक्त नुन पनि सकिएको छ”, उनले भने, “हामीले बिक्री गर्दै आएको सहुलियतको नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनीले ढुवानी नगर्दा नुनको अभाव भएको हो ।”
साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय कालिकोटले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई आयोडिनयुक्त नुन लिन नआउन आग्रह गरेको छ । ढुवानीकर्तालाई नियमित ताकेता गर्दा पनि मागअनुसार नुन ढुवानी नगरेको शाखा कार्यालयका कर्मचारी ब’मको भनाइ छ ।
“आयोडिनयुक्त नुन ढुवानी गर्नका लागिका ठेकेदार कम्पनी मानेनन्”, उनले भने, “ढुवानीका अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।”
कालीकोट जिल्लामा साल्ट ट्रेनिङ कर्पोरेशनले अन्य ठाउँको भन्दा सहुलियत दरमा नुन बिक्री गर्ने गरेको ब’मले जानकारी दिए । “साविक कर्णालीका जिल्लामा आयोडिनयुक्त नुनमा साल्ट ट्रेनिङ कर्पोरेशनले ५० प्रतिशत छुटका बिक्री गर्दै आएको छ”, उनले भने, “सहुलियतको नुन उपभोक्ता पाउँदा ढिके नुन विस्तापित नै भएको छ ।”