
भगवान कोइराला नेपालका प्रख्यात कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन् । नेपालमा ओपन ह’र्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ ।
कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे । उनी २००१ देखि २००९ सम्म शहिद गङ्गालाल राष्ट्रिय हृ’दय रो’ग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख थिए ।
उनले त्रि वि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गरे । वरिष्ठ मु’टु रोग विशेषज्ञ डाक्टर कोइराला नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउपचार तथा विशेषताको अस्पताल स्थापनामा जुटेका छन् ।
उनको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापना गर्नका लागि जुटेको हो ।
यो अवधारणामा आशातित लगानी संकलन हुन सके सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने कोइरालाले जानकारी दिए । सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ ।
कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको छ। तर, जन्मेदेखि किशोर हुने बेलासम्म बालबालिकाले बहुविशेषताको उपचार नपाएको कोइरालाको बुझाइ छ । नेपालमा मातृ शिशु मृ’त्यु’दरको दर घट्न पनि सकेको छैन ।
कोइरालाका अनुसार देश तथा विदेशमा रहेका नेपाली तथा शुभचिन्तकबाट सहयोग अपेक्षा गरिएको छ । हाल नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रहेका डाक्टर कोइरालासंग पत्रकार सुमन खरेलले गरेको कुराकानी :