आइतबार १७ मंसिर २०८०

काठमाडौँ / सोमबार थापाथलीमा अनधिकृत संरचना ह’टाउन जाँदा नगर प्रहरीमाथि सां’घा’तिक आ’क्रमण गर्नेहरुको नाम खुलाएर का’नुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घ’ट’नाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराएका हुन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अ’ति’क्रमण गरी बनाइएका अनधिकृत संरचना भ’त्का’उन जाने क्रममा महानगरीय प्रहरी ब’लका प्रमुखसहितका प्रहरीहरु घा’इते भएका छन् ।

नगर प्रहरी शर्मिला बोगटीलाई शरीर ब’न्धक बनाई ग’म्भी’र रुपमा घा’इते बनाएका कारण उनीसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको प्रवक्ता मानन्धरले जानकारी दिएका छन् ।

आफ्नो कर्तव्यका सिलसिलामा प्रहरीमाथि त्यस्तो किसिमको आ’क्रमण हुनु ज्यादै नै दुः’खद कुरा हो । यस किसिमको ग’लत कार्यमा सम्लग्नमाथि का’नु’नी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ ।

प्रवक्ता मानन्धर भन्छन्, ‘गैर’का’नुनी रुपमा निर्माण भएका त्यस्ता किसिमका अ’न’धिकृत संरचनाहरु ह’टाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने कुरामा हामीले पूर्ण विश्वास गरेका छौँ ।’

१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया