मंगलबार १६ आश्विन २०८०

काठमाडौं, ६ मंसिर / रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल पछि परेका छन् । उनले ६३३८ मत ल्याउँदा एमालेका उम्मेदवार गुप्ताले ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल एमालेका गुप्तासँग करिब ६ सय मतले पछि परेका छन् । नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यो पनि :- कैलालीमा रेशम चौधरीको पार्टीबाट गंगाराम विजयी, थप २ स्थानमा अग्रता : काठमाडौँ । कैलाली क्षेत्र नं. ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले जित हात पारेका छन् ।

गंगारामले २३ हजार १२० मतसहित फराकिलो अन्तरले जितेका हुन् । उनका प्रतिपस्र्धी नेकपा माओवादीका कृष्णकुमार चौधरी दोस्रो स्थानमा रहे । उनले १७ हजार ७४९ मत ल्याएका छन् । यसैगरी नेकपा एमालेका गौरीशंकर चौधरी तेस्रो भएका छन् । उनले जम्मा ९ हजार ८७४ मत ल्याए ।

कैलाली क्षेत्र नं १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै बलियो अग्रता देखिएको देखिएको छ । रेशम चौधरीकी श्रीमती समेत रहेकी सो पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि ६ हजार ५७९ मतसहित क्षेत्र नं १ मा अग्रस्थानमा रहेकी छन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले ४ हजार २६० मतसहित पछ्याउँदै छन् ।

क्षेत्र नं २ मा नागरकि उन्मुक्ति पार्टीकै अरुणकुमार चौधरी २ हजार ४३८ मतसहित अग्रस्थानमा छन् भने उनलाई माओवादी केन्द्रका भगतबहादुर बढुवालले १ हजार ८३४ मतसहित पछ्याउँदै छन् ।

५७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया