आइतबार ०७ आश्विन २०८०

काठमाडौं, ५ मंसिर / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर जनताले नयाँ त’र’ङ्ग पैदा गरेको बताएका थिए ।

“देशभरको रिपोर्टिङले उत्साहित छु”, उनले भनेका थिए,“सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।” उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए । “हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ”, उनको भनाई थियो ।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए । “एकछिन मतपत्र हेरेर बसेँ,” उनले भने,“ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।” देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताउनुभयो । बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि ह’ता’र भने नगर्ने बताए ।

लामिछानेले नागरिकताको विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जुनसुकै बेला पनि जवाफ दिन तयारी अवस्थामा रहेको बताएका छन् । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् :- केही स्थानमा अ’प्रि’य घटना, निर्वाचन पूर्ण सफल भएको निष्कर्ष : काठमाडौँ / सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएको छ ।

आईतबार निर्वाचन सकिएपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताउनुभएको हो । उहाँले निर्वाचन बि’थोल्ने गतिविधिको चे’तावनी दिने समूहले चे’तावनी अनुसार कुनै पनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रुपमा सफल भएको बताउनुभयो । उहाँले सुरक्षा निकायको तदारुकता र कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको मैले पाएको छु । जुन किसिमका समूहहरुले निर्वाचन अ’वरोध गर्ने, बि’थोल्ने खालका क्रियाकलाप गर्ने भन्ने आएका थिए तर त्यो अनुसार हेर्ने हो भने कहीँ पनि त्यो समूहले गर्दा कुनैपनि ठाउँमा बि’थोलिने र निर्वाचनलाई अ’वरोध हुने कामहरु हुन सकेनन् । त्यसमा सुरक्षा निकायको तदारुकता र हाम्रो जुन कार्ययोजनाको कार्यान्वयनको मुख्य भुमिका रह्यो । निर्वाचन आयोग, निर्वाचनमा खटिएका सबै सुरक्षाकर्मी र सरकारको सफलता भयो ।’

गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरुमा निर्वाचन स्थगित भएको बताउनु भयो । निर्वाचन ८० स्थानमा अ’वरुद्ध भएपनि समन्वयबाट १५ वटा मतदान स्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको बताउनु भयो । उहाँले बाँकी १५ वटा मतदान स्थलमा भने पूर्ण रुपमा मतदान हुन नसकेको बताउनु भयो । उहाँले कतिपय स्थानमा ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा स’मस्या भएको बताउनु भयो ।

‘केही आन्तरिक अ’स’म’झ’दारीका कारण केही पार्टीका प्रतिनिधिहरु र स्थानीयको केही उश्रृं’खल क्रियाकलापले गर्दा केही स्थानहरुमा निर्वाचन स्थगित भएको छ । विशेषतः ८० वटा स्थानमा त्यस्ता कार्यहरु भएका थिए । त्यो मध्ये हामीलाई प्राप्त जानकारी अनुसार १५ वटा स्थानमा मात्रै पूर्ण सम्पन्न नभएको, अरु तत्काल हामीले शुरु गरिसकेका छौँ । स्थगित हुनुको प्रमुख कारण ४ वटा मतपत्रहरु बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको भन्ने पनि छ । केहीमा भने मतदानमा रहेका प्रतिनिधिरुबीचको वि’वादले पनि केही अव’रोधहरु भए । केही ठाउँमा भने स्थानीय र केही उ’श्रृंखल तत्वले निर्वाचनमा अव’रोध गर्दा केही ठाउँमा रोकिए । तर हामीले तत्काल समन्वय गरेर निर्वाचन गरायौँ,’ उहाँले भन्नुभयो ।

गृहसचिव सिंहले मतदानमा रहेका प्रतिनिधिरुबीचको वि’वादले पनि केही स्थानमा अ’व’रोध सिर्जना भएको पाइएको बताउनुभयो । उहाँले स्थानीय र केही उ’श्रृं’खल तत्वले निर्वाचनमा अ’वरोध गर्दा केही ठाउँको मतदान रो’किएको बताउनु भयो ।

२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया