
आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक ३० गते बुधबार इश्वी सन २०२२ नोभेम्वर १६ तारीख मार्गशीर्ष कृष्ण पक्ष अष्टमी तिथी अश्लेषा नक्षत्र ब्रह्म योग वालव करण चन्द्रमा कर्कट राशिमा पश्चात सिंह राशिमा आनन्दादि योगमा रा’क्ष’स योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु साँझमा भैरवोत्पति , बुधाष्टमीव्रत, गोरखकालीपूजा, भैरव अष्टमी (ज्यो.प. तुलसी भारद्वाज)
मेष–
विगतका समस्या ब’ल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झु’क्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न नि’ष्फल जस्तै होला ।
वृष–
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । श’त्रुहरू कि’नारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मा’रे’को काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रति’स्पर्धा हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन–
लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
कर्कट–
तपाईंको ई’र्ष्या गर्नेहरूले काममा अ’व’रोध पुर्याउन सक्छन् । आफ्ना योजना गो’प्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । श”त्रुहरूको चलखेल बढ्नाले ग’ल्तीबिनै आ’रोप लाग्न सक्छ ।
सिंह–
प्रेम ब’न्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झु’क्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ ।
कन्या–
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।
तुला–
यात्रामा समस्या आउने र बा’ध्यताका काममा जुट्नु पर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बि’ग्रन सक्छ । पुरानो सम्झौता भंग हुने स’म्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ ।
वृश्चिक–
आशा देखाउनेहरूको भरपर्दा धो’का हुन सक्छ । चु’नौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खि’न्न रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।
धनु–
आश्वासन दिएर झु’क्याउनेहरूले स’ताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बि’ग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् ।
मकर–
पढाइ लेखाइमा प्रगति हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यावसायिक काम बीचमा अ’वरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ ।
कुम्भ–
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बि’ग्रने भ’यले सताउला । लगानी, दौ’डधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ ।
मीन–
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । ब’दनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सि’कार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा खर्च हुनेछ ।