आइतबार ०७ आश्विन २०८०

काठमाडौं / नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको जानकारी दिएको छ ।

यसअघि, चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ । गतवर्ष २३ कात्तिक २०७८ सम्म ६३ हजार ३ सय १५ किलोलिटर पेट्रोल र १ लाख ३५ हजार ८ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो ।

जबकि, यसवर्ष २३ कार्तिक २०७९ सम्म ४४ हजार ५ सय १३ किलोलिटर पेट्रोल र ७८ हजार ४ सय २६ किलोलिटर मात्र डिजेल खपत भएको छ । पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिको कारणले यसको प्रयोगमा कमी आएकाले यसरी खपत घटेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

६४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया