शुक्रबार २३ मंसिर २०७९

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक २८ गते सोमबार इश्वी सन २०२२ नोभेम्वर १४ तारीख मार्गशीर्ष कृष्ण पक्ष षष्ठी तिथी पुनर्वशु नक्षत्र शुभ योग गर करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा धुम्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु विश्व मधुमेह दिवस (ज्यो.प. तुलसी भारद्वाज)

मेष–
विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चु’नौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

वृष–
नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात पार्ने समय छ । विछो’डिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

मिथुन–
पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नो’क्सा’नी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बा’ध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।

कर्कट–
तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

सिंह–
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । ई’र्ष्या गर्नेहरूबाट सा’व’धान रहनुहोला ।

कन्या–
दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । नयाँ कामको प्र’स्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ ।

तुला–
सामान्य आम्दानी भइरहेपनि अर्थ अभा’वले स’ताउन सक्छ । छर–छिमेकमा अस’मझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बि’ग्रन सक्छ । आश मा’रेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला ।

वृश्चिक–
व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ई’र्ष्या गर्नेहरूले काममा अ’वरोध पुर्याउलान् । आफ्ना योजना गो’प्य राखेर अघि बढ्नुहोला । शुभ चिन्तकहरूको सुझावलाई बे’वास्ता गर्दा दुख पाइनेछ । अरूको भरपर्दा धो’का पाइएला । गोपनीयतामा ध्यान दिनुहोला ।

धनु–
सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झु’क्या’उन सक्छन् ।

मकर–
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौ’डधुप गर्नुपरेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।

कुम्भ–
आज आफ्ना नातेदारहरुसँग झै झ’गडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ । साथै, सवारी साधन चलाउँदा पनि सा’वधान रहनु होला । वा’दविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।

मीन–
आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मान सम्मान पाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । चु’नौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ ।

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया