शुक्रबार ०५ कार्तिक २०७८

बैतडी/ दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महि’लासँग शङ्का’स्पदरूपमा भेटिएका छन् । शङ्कास्प’दरूपमा भेटिएका वडाध्यक्ष र ती महि’लालाई निय’न्त्रणमा लिइएको प्र’हरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होट’लको कोठाबाट नियन्त्र’णमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उहाँले नै प्रह’रीलाई खबर गर्नुभएको थियो ।

शङ्का’स्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्र’णमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उहाँले भन्नुभयो, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ ।’

२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया