शुक्रबार १२ आश्विन २०८०

तपाईंले पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा न’का’रात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला । तर, खुर्सानी खान मन पराउने पिरोका पारखीहरुलाई खुसीको खबर पनि छ ।

अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि विभिन्न किसिमका फाइदाहरु गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् मानिसले खुर्सानी अर्थात् पिरो खानेकुरा खानुका फाइदाहरु:-

तौल कम गर्छ : यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्र’भा’व शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी न’ष्ट गर्दछ ।

क्या’न्सर रोग हुनबाट रोक्छ : अध्ययनका अनुसार क्यापसाकिनले केही क्या’न्सरका कोषहरुलाई पनि न’ष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ ।

मु’टुलाई स्वास्थ राख्छ : खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई न’ष्ट गर्दछ र हृ’दयघात र स्ट्रोकको जो’खिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सु’न्नि’न पनि दिँदैन ।

र’क्त’चापलाई कम गर्छ : अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले र’क्त’चापलाई गर्ने देखाएको छ । यसले र’क्त’नलीहरुलाई आराम पनि गराउँदछ ।

रि’सलाई नियन्त्रण गर्छ : पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डि’प्रे’सन हुनबाट पनि जोगाउँछ ।

तर आवश्यकता भन्दा बढी पिरो खानु,बालबालिका, वृद्धवृद्धा र अमिलो पिरो बाट जोगिनुपर्ने किसिमका रोगीबिरामीहरुले खोर्सानी खानु चाहिँ स्वास्थ्यका लागि हा’नी’कारक हुने र त्यसले उ’ल्टै शरीरमा थप पी’डा दिने कुरातर्फ पनि ध्यान दिनुपर्दछ ।

२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया