शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले आफूलाई जोगाइदिन भन्दै त्यहाँका जनतासँग गु’हा’र मागेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई डडेल्धुरामा चुनाव प्रचारप्रसारमा माइकिङ गर्दै हिँड्दा रो’क लगाइएको भन्दै जनता गु’हा’र्न बा’ध्य भएको उनले बताएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई जोगाइदिनुस्– जनता गु’हा’र्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रो”क लगाइएको छ । शेरबहादुरले खुलमखुल्ला नियम का’नु’न उ’ल्लं’घन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।’

केही समयअघि प्रधानमन्त्री देउवा गृह जिल्ला पुग्दा प्रतिस्पर्धी ढकाल पनि माला हातमा लिएर देउवाको स्वागतमा लाममा उभिएका थिए । तर, उनले देउवालाई माला लगाउन भने पाएका थिएनन् ।

४२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया