आइतबार ०७ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक २२ गते मंगलबार इश्वी सन २०२२ नोवेम्वर ८ तारीख कार्तिक शुक्ल पक्ष पूर्णिमा तिथी भरणी नक्षत्र व्यतीपात योग वालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मुशल योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु मन्वादि,कात्तिकस्नान समाप्ति, चर्तुमासव्रत समाप्ति, थानकोट वाणस्थली त्रिवेणी स्नान, वराहक्षेत्र धार्मिकमेला समाप्ति, सिलगढी शैलेश्वरीजाँत, गुरुनानक जयन्ती,निम्बार्काचार्य जयन्ती, सकिमनापून्हि , खग्रास चन्द्र ग्रहण चन्द्रोदय साझ ५ः११ बजे उन्मीलन साँझ ५ः२७ बजे मोक्ष ६ः३४ बजे सर्वपर्व १ घण्टा २३ मिनेट (ज्यो.प. तुलसी भारद्वाज)

मेष–
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्य’ती’त भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला ।

वृष–
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्या’यिक, का’नु’नी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दो’धा’रको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नि’यन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ ।

मिथुन–
पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा स’म्भावना छ । तर, अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चा’पले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।

कर्कट–
कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ ।

सिंह–
पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । परा’क्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परा’स्त हुनेछन् । आम्दानी बढ्नेछ ।

कन्या–
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीत’लि’ङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।

तुला–
नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा भने केही चु’नौ’तीको सा’म’ना गर्नुपर्छ ।

वृश्चिक–
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झ’ग’डा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चो’ट पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको स’म्भावना छ ।

धनु–
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । श’त्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हा’नि पुर्याउन सक्ने छैनन् ।

मकर–
तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । बन्द व्यापारबाट फाइदा हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।

कुम्भ–
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप’ठ्यारा हटाउन गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भा’वना छ, त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मीन–
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । परिवारमा पाहुनाको चा’प बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको ना’श हुने सम्भा’वना छ ।

२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया