शनिबार २३ मंसिर २०८०

खाँदबारी (संखुवासभा) / सङ्खुवासभाको खाँदबारीमा शुक्रवार बेलुका भएको एक साङ्गीतिक कार्यक्रममा गायिका समीक्षा अधिकारीलाई अ’श्ली’ल गा’ली गर्दै ढु’ङ्गा’मुढा प्र’हा’र गरिएको छ ।

कार्यक्रममा आफ्नो प्रस्तुति दिइरहेकी गायिकालाई दर्शक दीर्घाबाट स्टेजमा ढु’ङ्गा, अण्डा लगायतका सामाग्रीहरू प्र’हा’र गरिएको हो । खाँदवारी नगरपालिका-६ पाङ्ठामा भएको उक्त कार्यक्रममा दर्शक दीर्घाबाट प्र’हा’र गरिएको ढुङ्गा स्टेजसम्म भने पुग्न पाएन ।

सञ्चारकर्मीको सम्पर्कमा आएका उक्त वडाका पूर्व वडाध्यक्ष दयानिधि बरालले गायिका अधिकारीमाथि अ’श्ली’ल गा’ली गर्दै ढु’ङ्गा प्र’हा’र भएको पुष्टि गरे तर जिल्ला प्रहरी कार्यालय भने यस विषयमा आफूहरूलाई केही जानकारी नभएको बताएको छ ।

बरालले भने, ‘सकेसम्म एउटा जुत्ता भए पनि स्टेजसम्म पुर्‍याउने र अधिकारीको बे’इ’ज्जत गर्ने उद्देश्यले केही युवाहरूले ढु’ङ्गा प्र’हा’र गरेका हुन् ।’ केही फेसबुक पेजहरूमा समीक्षा अधिकारीले ढु’ङ्गा प्र’हा’र नगरिदिन आग्रह गर्दै, ‘यसो नगरिदिनुहोस, तपाईँको घरमा पनि दिदी बहिनी होलान् ।’ भनेकी छन् भन्ने आसयका स्ट्याटस आएता पनि त्यसको स्वतन्त्र पुष्टि गर्न सकिएन ।

गायिका अधिकारीलाई यस विषयमा सम्पर्क गर्ने कोसिस गरेता पनि उनको मोबाइल नेटवर्क बाहिर रहेकाले सम्पर्क हुन सकिरहेको छैन ।
साङ्गीतिक कार्यक्रमपछि भने त्यहाँ वि’वा’द हुँदा एक जना युवक ग’म्भी’र घा’इते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले बताए ।

ती युवकको घाँ’टीमा छु’रा प्र’हा’र भएको र घाइते अवस्थामा रहेका उनको अहिले धरानस्थित बिपी कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरी निरीक्षक खनालले बताए । – ktm dainik बाट ।

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया