सोमबार १३ चैत्र २०७९

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो ।

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रमअनुरुप अगाडि बढ्न नसकेको आरोप लगाएको छ । नेकपा एमालेको नेपाल समूहले जबजको कार्यदिशालाई बलियो रूपले कार्यान्वय गर्दै अगाडि बढ्ने निर्णय गरेको नेकपा(एमाले) का नेता योगेश भट्टराईले बताए ।

सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युँताएको अवस्थामा माधव समूहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरूलार्य सक्रिय बनाउने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले षडयन्त्र गरेको भन्दै नेता भट्टराईले अध्यक्ष ओलीले त्यसपछि बनाएको कुनै पनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको पनि बताए ।

भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशनसमेत दिएको छ । जनवर्गीयहरूको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तीन महिना सङ्गगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए ।

राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टीको पुनर्गठन अभियान सुरु भएको बताए । ओलीले आफूहरूसँग सल्लाह नगर्ने एकलकाटे शैली लिएर पार्टी विभाजनमा उद्यत रहेको उनको भनाइ छ ।

५८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया