आइतबार ०७ आश्विन २०८०

इटहरी / नेकपा माओवादी केन्द्रका नेता तथा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नम्बर २ ‘क’ का प्रदेशसभा उम्मेदवार द्धारिकलाल चौधरीले मंसिर ४ गतेपछि सुनसरीमा नेकपा एमाले कुचोले बढारिने बताएका छन् ।

बुधबार इटहरीमा लोकतान्त्रिक बाम गठबन्धनको सुनसरी क्षेत्र नम्बर २ ‘क’ को अगुवा कार्यकता भेलालाई सम्बोधन इटहरी उपमहानगरका पूर्व मेयर समेत रहेका चौधरीले चुनावपछि नेकपा एमालेलाई बुढी खोलामा खोज्न पर्ने बताएका हुन् ।

संविधानमै नभएको २ पटक सम्म प्रतिनिधिसभाको विघटन गरेपछि केपी ओलीलाई बालुवाटारबाट बालकोटमा पुर्याएको बताउँदै चोेैेधरीले अवको निर्वाचन पछि नेकपा एमालेलाई आ’र्य’घाटमा पुर्याइने बताए ।

उपेन्द्र यादव तथा कमल थापासँग गठबन्धन गरेर अगाडि बढ्ने ओलीलाई लोकतान्त्रिक बाम गठबन्धनलाई गाली गर्ने अधिकार नभएको उम्मेदवार चौधरीले बताए । प्रमुख अतिथीको मन्तव्य राख्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका थिए ।

‘यो गठबन्धन चुनाव जित्न मात्रै बनेको होइन, गठबन्धनलाई चुनावमा मात्रै जिताउने होइन,’ उनले भने, ‘यो गठबन्धनले व्यवस्था होइन, अवस्था परिवर्तन गर्नेछ, बोल्न पाउनु मात्रै पनि लोकतन्त्र होइन ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अधिनायकवादको बाटोमा अग्रसर रहँदा बनेको गठबन्धनले नेपाली जनताको अवस्था परिवर्तन गर्नका निम्ति चुनावमा सँगै होमिएको बताए ।

‘वैचारिक र शैद्वान्तिक रूपमा भिन्नता भएपनि हाम्रो उदेश्य समाजवाद हो, समाजवाद केवल लोकतन्त्रबाट मात्रै सम्भव छ,’ नेता ढुंगानाले भने, ‘हामीलाई एमालेको आनीबानी राम्रैसँग थाहा छ, ओली नेतृत्वको एमालेले जस्तोसुकै झु’टको खेती गर्नपनि पछि पर्दैन ।’

उनले गठबन्धनको विषयमा भ्र’मि’तमा नपर्न आग्रह गर्दै चुनाव जिताउन आग्रह गरे । उनले भने, ‘मुलुकलाई समृद्विको यात्रामा अगाडि बढाउन पनि गठबन्धन आवश्यक छ ।’

कार्यक्रममा सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं २ तर्फ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहता, कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसी, माओबादी केन्द्र प्रदेश १ का सदस्य उमेश साह, माओबादी केन्द्र इटहरीका इञ्चार्ज मदन चुडाल, कांग्रेस सुनसरी २ (क) का सभापति सुबेक्छु देवान राई लगायतले सम्बोधन गरेका थिए ।

२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया