
काठमाडौँ / गाँउघरमा फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने रामेछाप र दोलखाका जोगीको पेशा स’ङ्क’टमा पर्न थालेको छ । बुढापाका पेशा गर्न नसक्ने र युवापुस्तामा पेशाप्रति लगाव नहुँदा उनीहरुको पुर्ख्यौली पेशा स’ङ्क’टमा पर्न लागेको हो ।
जोगीहरुले कात्तिक र चैतमा रातिको समयमा घरघर पुगेर मन्त्रोचारण गर्दै फेरी लगाउने गर्दछन् । रातभर फेरी लगाउने र भोलिपल्ट सङ्कलित सिदा (चामल तथा नगद)ले जीविकोपार्जन गर्दै आएका उनीहरुको पेशा यतिबेला स’ङ्क’टमा पर्न थालेको छ ।
फेरी लगाएर जीविकोपार्जन गर्न समस्या हुन थालेपछि यो लो’प हुन थालेको उनीहरुको भनाइ छ । “सरकारी निकायबाट जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था होस् भन्ने हाम्रो अपेक्षा छ”, रामेछापका गणेशबहादुर जोगीले भने ।
“हामीहरुले यो पेशालाई पहिले जीविकोपार्जनको माध्यम बनाएका थियौँ, तर अहिले त्यो अवस्था छैन”, दोलखाका मोहनबहादुर जोगीले भने, “तर कतैबाट कहीकतैबाट सहयोग नहुँदा चि’न्ता लागेको छ ।”
विभिन्न मन्त्रोचारण गर्दै प्रत्येक घरको चार सुर घुमेर फेरी लगाउदा घरमा शान्ति, सद्धभाव कायम हुने, भु’त, प्रे’तले दुः’ख नदिने बालबालिका र चौपायालाई समेत राम्रो हुने विश्वास रहँदै आएको छ ।
सिदा उठाउन अउने जोगीलाई नाङ्लोमा धान, मकै, चामल, घिउ, कुभिन्डो फलाम, नून, बेसार तरकारी, फलफूल, पानी र का’लो कपडासमेत राखी दियो बाली दान गर्ने चलन छ । रासस