बुधबार २२ मंसिर २०७८

काठमाडौं /   नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो ।

बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिए ।

राष्ट्रिय भेलाअघि टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधि प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।बैठकले राष्ट्रिय भेला अगाडि दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ ।

४३० पटक हेरिएको

तपाईको प्रतिक्रिया