आइतबार ०७ आश्विन २०८०

पाल्पा / पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दु’र्घ’टना हुँदा पाँच जनाको मृ’त्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दु’र्घ’टनामा परी २५ जना घा’इ’ते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दु’र्घ’टनाका घा’इ’तेलाई उ’द्धा’र गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घ’ट’नाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

यो अर्को समाचार :- डा तोसिमा कार्कीको उम्मेदवारी खारेज :
काठमाडौ / निर्वाचन आयोगले ललितपुर क्षेत्र नं ३ का उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारीलाई अ’यो’ग्य कायम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अ’यो’ग्य कायम गरिएको आयोगले जनाएको छ ।

डा कार्की लाभको पदमा बहाल रहेकाले उनको उम्मेदवारी खारेज गर्न मा’ग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उ’जु’री परेको थियो । उ’जु’रीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टी’क’रण सोधी निर्णयका लागि आयोगमा स्पष्टी’क’रणसहितको कागजात पठाएको थियो ।

उम्मेदवार डा कार्की मिति २०७८ पुस २ देखि चार वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्थाबमोजिम २०७९ वैशाख ९ देखि २०७९ भदौ २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए।

२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया