शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / आज कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास थोरै सूर्य ढाक्ने सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा यस्तो ग्रहण लाग्ने गर्दछ । यो ग्रहणमा सूर्यको केही भाग चन्द्रमाले छोपेको देखिनेछ । नेपालमा सूर्यग्रहण साँझ ४ बजेर ५३ मिनेटबाट मात्र सुरु हुनेछ । यसरी देखिएको ग्रहणलाई नां’गो आँखाले हेर्न नहुने बताइएको छ ।

ग्रहणको स’मा’प्ति साँझ ५ बजेर २६ मिनेटमा हुने छ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ । शास्त्रीय मान्यता अनुसार कात्तिक ८ गते बिहान ४ बजेर ५२ मिनेटदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन नि’षेध गरिएको छ ।

ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नि’षेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे की’रा भएर जन्मने, मै’थु’न गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कु’ष्ठरोगी, भोजन गरे अ’धो’गति, ब’न्धनमा राखे सर्प भएर जन्मने, का’ट मा’र गरे न’र’कमा बास हुने उल्लेखित धार्मिकग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर, १२ घण्टा, र चन्द्रग्रहणमा तीन प्रहर, नौ घण्टा, अघिदेखि सुतक लाग्ने छ । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार कात्तिक ८ गते बिहान ४ बजेर ५२ मिनेटदेखि भोजन गर्नु हुँदैन ।

ग्रहणका समयमा नित्यकर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ ।

२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया