
काठमाडौं / कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अ’ति’कष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले प्रकाशन गरेको वि.सं. २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्री’पी’डा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चि’न्ता, कर्कट राशि भएकालाई व्य’था र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ ।
यसैगरी कन्या राशि भएकालाई क्ष’ति, तुला राशिलाई घा’त, वृश्चिक राशिलाई व्य’य, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । कुम्भ राशिकालाई मा’न’नाश र मीन राशि भएकालाई क’ष्टको योग रहेको छ । दिउँसो ४:५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५:२४ बजे सूर्यास्त हुनेछ ।
नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४:५२ बजेदेखि नै बाल, वृद्ध र आतुरबाहेकलाई भोजन नि’षे’ध हुने पनि समितिको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । रासस