
एजेन्सी / दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको से’व’न स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा पनि बढी मात्रामा दही खानु स्वास्थ्यका लागि विशेष लाभदायक छ ।
दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिट्टो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् ।
दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । अस्टियोपोरोसिस जस्ता रोगहरुसँग ल’ड्न यसले मद्दत गर्छ ।
दूध छिट्टो पच्दैन र क’ब्जियत तथा ग्यास पैदा गर्छ । तर दही तुरन्तै पच्छ । खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई आराम पुग्छ । एक दिनमा २५० मिलि दही खानु सही हुन्छ ।
दिउँसो भाृजनको समयमा दही पिउनुभयो भने तपाईंलाई फाइदा हुन्छ । तर यसको मात्रा तपाईंले खाने अन्य कुराको हदले निर्धारण गर्ने हो । तर यो कुरा सधैँ याद गर्नुहोस् कि राति कहिल्यैपनि दही खानु हुँदैन ।
मासु खानुभएकोछ भने त बिर्सेर पनि दूध नखानुहोला । अनि बासी दही पनि कदापि नखानुस् । मधुमेह भएकाहरूले दही नखाएकै राम्रो । रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले भने दही खानै हुँदैन ।