
काठमाडौं / सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गि’रा’वट आएको छ । नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९३ हजार एक सय रुपैयाँले सुनको मूल्य कायम भएको छ । हिजोमात्रै सुनको मूल्य ९३ हजार दुई सय रुपैयाँले कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी एक हजार एक सय रुपैयाँ तोलमा कारोबार भएको थियो ।
यो अर्को समाचार :- आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु :
काठमाडौं / निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ । पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।
यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्लामा पठाइसकेको छ ।
प्रत्यक्षतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ :
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।
छापिएका मध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेको निर्वाचन आयोगले जनाएको छ ।
योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।
प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ
। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ ।