आइतबार १५ माघ २०७९

काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७ पैसा रहेकाे छ । युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ २२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ १९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६२ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ २० पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ ।

जापानीज येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २६ पैसा र बिक्रीमा १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा र साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा रहेको छ ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया