आइतबार ०७ आश्विन २०८०

जुम्ला / अविरल वर्षाको कारणले कर्णाली राजमार्ग अ’व’रुद्ध हुँदा अहिले जुम्ला जिल्लामा ग्यास र पेट्रोलियम पदार्थमा अ’भाव हुन थालेको छ ।

बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अ’वरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अ’भा’व भएको पाइएको छ ।

महिनौँ दिनसम्म कर्णाली राजमार्ग नखु’ल्ने ह’ल्ला चलेका हुनाले बजारमा का’लो’बजारी भएको ज’न’गुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अ’नुगमन गरिएको हो ।

खाद्यान्न र पेट्रोलियम पदार्थ बेच्ने पसलको अ’नुगमन गरिएको छ । अनु’गमनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले बताए ।

दशवटा पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छिटोभन्दा छिटो अ’व’रुद्ध राजमार्ग खुलाउनका लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया