
– ज्योतिषी पण्डित नारायणप्रसाद दुलाल /
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कात्तिक महिनामा प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फ’ड्को मा’र्न सकिनेछ । वाहन लाभ हुने समय आएको छ । स्वास्थ्य क्षेत्र चैं निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो कात्तिक महिनामा नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टा’डिएका परिवारजनसँग भेटघाट हुनेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग पनि छ । मध्य महिनाबाट बाटो का’ट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बि’ग्रने ड’र छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कात्तिक महिनामा नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सोचेको जस्तो सफलता अलि मिल्ने छैन । पुँजी बजारको लगानी पनि नो’क्सानी हुन सक्छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनामा सफल सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । काम देखाएर अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघ’र्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गु’म्न सक्नेछ । रु’घाखोकीको समस्या बढ्ला । आर्थिक समस्याले पनि सताउला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा तपाईंको राशिबाट द्वितीय भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । नयाँ कार्य प्राप्तिको योग छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । धर्म कर्म तथा समाजसेवामा मन लाग्ला । महिनाको मध्यमा द’बा’ब र त’ना’व बढेको महसुस हुनेछ । वैदेशिक कार्यमा बा’धा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक कार्यमा विशेष रुचि रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावश्यक झु’टा आ’रोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँ’टीमा स’मस्या पनि आउला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । झन्झ’टिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नो’क्सानी होला । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिनामा मिश्रित फल मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । २२ गतेबाट स्वास्थ्य प्रति सजग रहनु उचित हुने देखिन्छ । कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल चैं भइँदैन ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कात्तिक महिना समग्रमा सकारात्मक नै रहेको छ । गरेको कार्यमा सफलता पाइनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कात्तिक महिनामा कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रो’किएका अधुरा कार्यहरू पुरा हुनेछन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ । परा’क्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ । पुँजी बजारमा लगानीको अवसर पनि छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा तपाईंको राशिबाट आठौ भावमा सूर्यले भ्रमण गर्नाले चो’ट’प’टक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेममा म’न’मुटावका साथै मन क’मजोर रहला । आर्थिक स’मस्याले सताउन सक्छ । २० गतेबाट घुमफिर र भ्रमणको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रति’स्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारले पनि साथ दिनेछ ।