बिहिबार ११ आश्विन २०८०

महेन्द्रनगर/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घु स लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई प क्रा उ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट घुस लिएको रु २४ हजारसहित शाखा अधिकृत जोशीलाई प क्रा उ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिनुभयो ।

“अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित प क्रा उ गरी अनुसन्धान थालेको छ”, उहाँले भन्नुभयो, “विस्तृत विवरण सङ्कलन हुँदैछ ।”

४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया