
काठमाडौं / काठमाडौं महानगरपालिकाले दैनिक जीविका चलाउने ठेलागाडा खो’से’र लगिदिएपछि बि’च’ल्लीमा परेकी शर्मिला तामाङलाई धरान उपमहानगरका (प्रमुख) मेयर हर्क सम्पाङले रा’ह’त दिने घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले आफूले पाउने एक महिनाको तलब शर्मिलालाई दिने घोषणा गरेका हुन् । मेयर साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’
शर्मिलाको ठेला काठमाडौं महानगरको प्रहरीले बिहीबार नि’य’न्त्रणमा लिएको हो । टेकुको प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा चलाइरहेकी शर्मिलाको अब परिवार पाल्ने कुनै विकल्प छैन । उनी अब कसरी परिवार पाल्ने पी’रमा छन् ।
यो पनि पढ्नुहोस् :- मन्त्री कार्कीद्वारा का’नु’न मन्त्रालयको पदभार ग्रहण : काठमाडौं / का’नुन, न्या’य तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो पदभार ग्रहण गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले का’नु’न मन्त्रालयको समेत जिम्मेवारी लिनुभएपछि आज पदभार ग्रहण गरेका हुन् । सो अवसरमा मन्त्री कार्कीले का’नु’नी शासन र सुशासनलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्ने प्र’तिबद्धता व्यक्त गरे ।
उनले भने, “कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर का’नु’न निर्माण र सुधार निरन्तररूपमा चलिरहने प्रक्रिया हो, संसद्मा पेश भएका र पेश हुन नसकेका विधेयकहरूलाई निर्वाचनपछि गठन हुने संसद्मा पेश गर्न सहज हुने तरिकाले मैले आवश्यक गृहकार्य गर्नेछु ।”
मन्त्री कार्कीले स्वतन्त्र न्या’यपालिकाप्रति आफ्नो सदैव सम्मान रहेको बताउँदै वर्तमान सरकार निष्पक्ष, शान्तिपूर्ण र विधिसम्वत रूपमा निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताए ।
आगामी मङ्सिर ४ गतेको चुनावपछि गठन हुने सरकारले मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने उनको विश्वास छ । मन्त्रालयका सचिव उदयराज सापकोटाले मन्त्रालयलयको गतिविधि र भावी योजनाबारे मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।