
विराटनगर । विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेको भेटिएको छ । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले ज’फ’त गरेको हो ।
महानगरले पुरानो गुद्रीमा सञ्चालित छ आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख्राको मासु फे’ला पारेको थियो । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिएका छन् ।
बाख्राको मासु ज’फ’त गरिएको छ । त्यस्तै कम तौलको ढक तराजु समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । कतिपय पसलले नविकरण समेत नगरेको पाइएकाले तत्कालै द’र्ता गर्न निर्देशन दिइएको छ ।
अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नगर प्रहरीका निरीक्षक राजन पौडेल, उपभोक्तावादी संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले आज माछा–मासु पसलको अनुगमन गरेको छ । पूर्वेली न्यु’ज बाट ।