मंगलबार १६ आश्विन २०८०

रुपन्देही, २६ असोज / रुपन्देहीमा घनश्याम भुसाल निकट ३१ जनाले नेकपा एमाले प’रि’त्याग गरेका छन् ।

केही दिनअघि मात्र एमाले प’रि’त्याग गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता भुसाल निकटका नेता कार्यकर्ताले एमाले छो’डेका हुन् । जसमा दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरु रहेका छन् । प्रदेश कमिटी शैलेन्द्र उपाध्याय, इन्द्रजितकुमार राय लगायतले नेकपा एमाले प’रि’त्याग गरेका हुन् ।

यो पनि पढ्नुहोस् :- एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै ख’त’रा :
काठमाडौं, असोज २६ / मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)लाई विभाजित भएर गएका नेताहरूबाटै ख’त’रा देखिएको छ । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् ।

आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न अ’स’हज हुने महसुस गरेका छन् । उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । सत्ता गठबन्धनभित्रको नेकपा एसले उम्मेदवारी दिएका २० र अन्य ३ स्थानमा एमालेले आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको आजको नागरिक दैनिकमा खबर छ ।

२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया