शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ,२६ असोज / अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डि’सी पुगेका छन् ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री लगायत दूतावासका प्रतिनिधिहरु आईपुगेका थिए । अमेरिकाको राजधानी वाशिङटन डि’सीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्वबैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उ’च्च अधिकारीहरु अमेरिका पुगेका छन् ।

अर्थमन्त्री शर्माले बुधवार विश्व’बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरुमा सहभागी हुनेछन् । उनले अमेरिकी सहयोग नियोगका उ’च्च अधिकारीसँग भे’टघाट गर्ने, विश्व’बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरुसँग पनि छ’ल’फल गर्ने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

उता सोमबार नै त्यहाँ पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठ’कका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाएका छन् । रासस

६६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया