आइतबार १५ माघ २०७९

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी द’र्ता गराएका छन् । अध्यक्ष लिङ्देनले आइतबार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी द’र्ता गराएका हुन् ।

अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन गरेको छ । अध्यक्ष लिङदेनको प्रस्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक छन् । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा लिङदेनसँग सिटौला प’रा’जित भएका थिए ।

प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ । प्रदेश ‘क’ मा बसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी द’र्ता गराएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तो’किएको छ ।

यो पनि पढ्नुहोस् :- गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी द’र्ता :
भैरहवा / नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी द’र्ता गराएका छन्।

खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३ (क) प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३ (ख) बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गरेलगतै गृहमन्त्री खाणले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिकविधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताए। आज भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाणले पाँचदलीय गठनबन्धनका तर्फबाट साझा उम्मेदवारी दर्ता गरेका हुन्।

१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया