आइतबार ०७ आश्विन २०८०

काठमाडौं / सभामुख अग्नी सापकोटाले मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार नबन्ने घो’ष’णा गरेका छन् । पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घो’ष’णा गरेका हुन् ।

पत्रकार सम्मेलनमा सापकोटाले भनेका छन्, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको नि’वे’दन गर्न चाहन्छु ।’

वि.सं. २०६४ र २०७० मा संविधानसभामा सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित भएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यस पटक भने माओवादी केन्द्रले सापकोटासँगै माधव सापकोटाको नाम सि’फारिस गरेको थियो ।

त्यस्तै सत्ता गठबन्धनको नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आ’कां’क्षी थिए । सापकोटा र बस्नेतकै कारण सिन्धुपाल्चोकको टिकट बाँडफाँट सत्ता गठबन्धनका नेताहरुका लागि कठिन बनेको थियो । अहिले माओवादी केन्द्रको भागमा सिन्धुपाल्चोक–१ र कांग्रेसको भागमा सिन्धुपाल्चोक–२ परेको छ ।

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया